२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
उम्मेदवार परिचय

प्रतिनिधी सभाका एमाले उम्मेदवार यज्ञराज सुनुवार को हुन् ? (शब्द चित्रमा यज्ञराज)

  • २०७९ कार्तिक २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- बाबु मानबहादुर सुनुवार र आमा मनमाया सुनुवारका कान्छा सुपुत्रको रुपमा ०२९ सालमा ओखलढुंगाको श्रीचौर हाल मोलुङ गाउँपालिका ५ मा जन्मिएका यज्ञराज सुनुवारले माध्यमिक तहसम्मको अध्ययन बरुणेश्वर मावि रामपुरमा पुरा गरे । विद्यालयमा रहँदा उनी रेडक्रसको जुनियर सर्कलको सभापति भएर सामाजिक सेवाको माध्यमबाट राजनीतिमा उदाएका हुन् ।

    सुनुवार नेकपा एमालेका चर्चित युवा नेता हुन् । उनी ओखलढुंगामा जन्मेर राजधानीका ठुला दुई क्याम्पसको स्ववियु सभापित हुँदै अनेरास्ववियुकको सचिव भए । अध्यक्षमा पराजित भएपछि उनी जिल्ला फर्किएर एमालेका एक कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भए ।

    उनले अफ्नो कार्यकालमा पार्टीका लागि चार तले भवन बनाए । अध्यक्ष हुदै उनी एमालेका इतिहासमा पहिले पटक २०७० साल मा एमालेका तर्फबाट क्षेत्र नं १ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

    संविधान सभामा प्रभावकारी भुमिका खेलेर चर्चामा रहेका सुनुवार २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर काँग्रेसका नेता रामहरि खतिवडालाई ५ हजार २ सय ५२ मतले पराजित गरेपछि राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाए ।

    सुनुवारले २०४५ सालदेखि अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । उनी २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त बाम मोर्चा, ओखलढुंगाका ईलाका सचिव थिए । २०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाण्डौंमा स्ववियू सभापति रहेका सुनुवार २०५७ सालमा महेन्द्र रत्न कलेज, तहचलको पनि स्ववियू सभापति निर्वाचित भएपछि चर्चामा रहे ।

    संविधान सभामा प्रभावकारी भुमिका खेलेर चर्चामा रहेका सुनुवार २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएर काँग्रेसका नेता रामहरि खतिवडालाई ५ हजार २ सय ५२ मतले पराजित गरेपछि राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाए ।

    २०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषद्को सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको पनि संयोजक भए । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको शाही कदमको बिरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल बैशाखमा छुटे । २०६५ देखी ०७० सम्म दुई कार्यकाल एमाले जिल्लाको पार्टी प्रमुख भए । एमालेको २०७२ र २०७८ को माहाधिवेशनमा दुई पटक केन्द्रिय सदस्य निर्वाचित भए ।

    २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट चुनाव लडे पनि पराजित भए । त्यसपछि संविधानसभा निर्वाचन २०७० मा निर्वाचन क्षेत्र ओखलढुंगा क्षेत्र नं. -१, बाट १२ हजार ९४३ मत प्राप्त गरी विजयी भए ।

    २०७४ मंसिर १० गते भएको संघीय प्रतिनिधी सभाको चुनावमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भइ प्रतिस्पर्धी रामहरि खतिवडालाई ५ हजार २५३ मतले पराजित गरे । नेकपा कालमा तत्कालीन केपी ओलिले संसद विघटन गर्दा विपक्षमा उभिएका सुनुवार संसद विघटन विरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न हस्ताक्षर गरेर संविधान र संसद जोगाउने अभियानमा निर्भिकतापूर्वक जुटे ।

    सर्वोच्च अदालतले नेकपा विघटनको फैसला गरेर एमाले र माओवादीलाई फरक फरक दलको रुपमा व्यूंताएपछि उनी पार्टी एकता अभियानमा सक्रिय भए । माधव नेपालसँग नजिक रहेका उनी एमाले विभाजनको पक्षमा लागेका नेपाललाई साथ नदिइ एमालेको संगठन विस्तारमा खटिए ।

    अहिले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा संघीय प्रतिनिधी सभाको उम्मेदवार बनेका छन् । एमालेमा गठबन्धन विरुद्ध भिड्न सक्ने एक मात्र नेताका रुपमा एमालेले सुनुवारलाई अघि सारेको छ ।

    सांसद भएपछि के के गरे ?

    नेकपा कालमा  केपी ओलिले संसद विघटन गर्दा विपक्षमा उभिएका सुनुवार संसद विघटन विरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न हस्ताक्षर गरेर संविधान र संसद जोगाउने अभियानमा निर्भिकतापूर्वक जुटे । सर्वोच्च अदालतले नेकपा विघटनको फैसला गरेर एमाले र माओवादीलाई फरक फरक दलको रुपमा व्यूंताएपछि उनी पार्टी एकता अभियानमा सक्रिय भए ।

    संविधान सभा सदस्य निर्वाचनमा भोट माग्न जाँदा यज्ञराज सुनुवारले कुनै विकास निर्माणका असंम्भव सपना बाँडेनन् । उनले भनेका थिए ‘मत दिएर जिताउनुहोस्, यस अघिका सांसदहरु जस्तो संविधान नबनाइ फर्केर आउँदिन, विकास निर्माणमा सकेको योगदान गर्छु मलाई भेट्न सिंहदरवार आउनु पर्दैन ।’

    संविधान निर्माणमा उनले गरेको योगदानका अतिरिक्त गाउँलाई जिल्लासम्म सडक सञ्जालमा जोड्न महत्वपूर्ण योगदान गरे । रुम्जाटारको विमानस्थल कालोपत्रे, ओखलढुंगा-रुम्जाटार, रामपुर-ओखलढुंगा सडक कालोपत्रेको काम शुरु गराउन सफल भए ।

    ओखलढुंगा-श्रीचौर सडक, साँघुटार-ओखलढुुंंगा-सिलौरीघाट स्तरोन्नति तथा कालोपत्रे गर्न बजेट विनियोजन गर्न सफल भए । मोलुङ एकवार, दुधकोशी एकवार सडक निर्माणमा बजेट विनियोजन गराए । हाल निर्माणको अन्तिम चरणमा छ ।
    ओखलढुंगामा ग्रामीण विद्युतीकरणको काम थालेर उज्यालो ओखलढुंगाको अभियान थालनी गरे ।

    सदरमुकाम ओखलढुंगालाई पर्यटकीय हबका रुपमा विकास गर्न थोलेदेम्वा महोत्सब, पोकली झरना र थोलेदेम्वालाई १ सय पर्यटकीय स्थलका रुपमा सुचिकृत बनाउने देखि देम्वामा पर्यटकीय पूर्वाधार निर्माण, प्राप्चा-श्रीचौर-खिजीदेम्वा सडक निर्माण, सदरमुकाम ओखलढुंगामा पर्यटकीय पूर्वाधारका लागि श्रष्टा पार्क निर्माणलाई अन्तिम चरणमा पुर्याउन बजेट व्यवस्था गरेका छन् ।

    पहिलो चरणमा उनले आफ्नो निर्वाचन क्षेत्रका सबै गाविस हालका वडा सडक सञ्जालमा जोड््न सफल भएका छन् । उनले संसद हुँदा कुनै विवादास्पद काम गरेनन् ।

    मोलुङ एकवार, दुधकोशी एकवार सडक निर्माणमा बजेट विनियोजन गराए । हाल निर्माणको अन्तिम चरणमा छ ।ओखलढुंगामा ग्रामीण विद्युतीकरणको काम थालेर उज्यालो ओखलढुंगाको अभियान थालनी गरे ।

    ओखलढुंगा जिल्लालाई २०७२ सालको भूकम्पले पुर्याएको नागरिक आवास तथा विद्यालयको क्षति हेरेर जिल्लालाई भूकम्प अचि प्रभावित जिल्ला घोषणा गराई पुनः निर्माणको काममा अगुवाइ गरेका छन् ।

    जिल्लाभित्र भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई पाँच हजार एक सयका दरले व्यक्तिगत रुपमा राहत वितरण गरे । क्षति भएका सरकारी विद्यालय तथा निजी आवाशका ध्वस्त संरचना हटाउन र अस्थायी टहरा निर्माण गर्न एक महिने अभियान चलाएर एमाले कार्यकर्ताहरु परिचालन गरि पीडितका घर-घर पुगे । फेरि उनी जिल्लाबासी माझ प्रतिनिधी सभा सदस्यको उम्मेदवारको रुपमा उम्मदेवार छन् ।

    यसरी सांसदको रुपमा संविधान निर्माणदेखि जिल्लाको विकासमा महत्वपूणर् योगदान गरेका उनलाई आगामी दिनमा समृद्ध ओखलढुुंंगाको सपना पुरा गर्न नेतृत्व दिन सक्ने ससक्त उम्मेदवारका रुपमा ओखलढुंगाबासीले हेरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस