२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गृह पालिका लिखुमा २ हजार मतले अग्रता लिने बाबुरामकाे दावी

  • २०७९ कार्तिक २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- गठबन्धनकाे तर्फबाट प्रदेश क्षेत्र नं २ का उम्मेदवार बाबुराम गाैतमले गठबन्धनकाे जित सुनिश्चित रहेकाे बताएका छन् । उनले नागरिक मिडियासँग कुरा गर्दै उनकाे गृह पालिका लिखुमा गठबन्धनले २ हजार मतान्तरमा अघि हुने दावी गरे ।

    उनले भने- ‘गठबन्धनले सहजै जित हात पार्छ, संघ र प्रदेश दुवै तर्फ लिखुमा २ हजारले लिड गर्छाैं ।’ गाैतमले गठबन्धनलाई यस पटक एमालेकै कार्यकर्ताहरुले समेत मतदान गर्ने बताए ।

    चुनावी अभियानका क्रममा नेता गाैतमले जिल्लाभरबाट गठबन्धन दशाैं हजार मतले अघि रहेकाे समेत बताएका छन् । उनी चुनावी अभियानकै क्रममा आइतबार सुनकाेसीकाे कटुञ्जे पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस