२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पार्टी प्रवेशमा एमालेलाई काउन्टर गर्दै कांग्रेस

  • २०७९ कार्तिक २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- निर्वाचनमा पार्टी छाेड्ने र प्रवेश गर्ने नाैलाे समाचार हाेइन, अझ कतिपय व्यक्ति त जति पटक जुन पार्टिका कार्यक्रम भए, त्यति पटक प्रवेश गर्छन् ।

    यस्ता प्रवेशलाई लिएर दलहरु र उम्मेदवाहरु भाेट बढेकाेमा मख्ख हुन्छन् पनि । तर तिनले कसलाई कता मतदान गर्छन्  भर हुदैन । यस्तै आत्मरतिमा दल र नेताहरु रमाइरहेका छन् ।

    जिल्लामा शुरुमा विभिन्न दलका जिल्लाका पदाधिकारीसहितका नेताहरु पार्टी प्रवेश गराएर चुनावी अभियानमा तरंग ल्याएकाे एमालेलाई त्यसपछि मतदाता र कार्यकर्ता तहका व्यक्ति प्रवेश गराएर का‌ंग्रेसले काउन्टर दिन थालेकाे छ । लिखु सिद्धिचरण सुनकाेसी लगायतका गाउँमा प्रवेश गराएर उनले एमालेलाइ काउन्टर गरेकाे हाे ।

    आइतबार मात्रै सुनकाेसीमा २ र सिद्धिचरण १ मा गरी ५५ जना एमालेका कार्यकर्ताहरु प्रवेश गरेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुकुम वाम्बुलेले बताए  ।

    उनीहरुलाई प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडा र प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार प्रदिप सुनुवारले स्वागत गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस