२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

गठबन्धनका सांसदहरुले भेटे कुलमान, चाँडाे विद्युत विस्तार गर्न माग

  • २०७९ मंसिर १९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- गठबन्धनका सांसदहरुले कुलमान घिसिङलाई भेटेका छन् । सामुहिक रुपमा नेपाल विद्युत प्राधिकरण पुगेका उनीहरुले जिल्लाकाे विद्युत विस्तार चाँडाे गर्न ध्यानाकर्षण गराएका छन् ।

    ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडा, प्रदेश  सभाका सांसदहरु प्रदिप कुमार सुनुवार र  बाबुराम गौतम संयुक्त रुपमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भेट्न पुगेका थिए ।

    सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कुलमानले देशलाई नै उज्यालो बनाउन गरेको प्रायसको प्रसंशा गर्दै  ओखलढुंगाका ७५ वटा वडाहरुमध्ये विजुली नपुगेका वडाहरुमा चाँडाे वीद्युत विस्तारका काम थाल्न आग्रह गरे ।

    भेटमा घिसिङले  पनि १ अरबको टेण्डर भइसकेको र ओखलढुंगामा छिटोभन्दा छिटो बत्ती पुर्याउने प्रतिबद्धता गराउएकाे खतिवडाका निजि सचिव हुकुम वाम्बुलेले नागरिक मिडियालाई बताए ।

    प्रतिक्रिया दिनुहोस