२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नेकपा एसकाे जिल्ला व्यापी अभियान घाेषणा, अध्यक्षमा खड्का चयन

  • २०७९ फागुन १९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेकपा एकिकृत समाजवादीले जिल्ला व्यापी २ महिने अभियान चलाउने भएको छ । जिल्ला कमिटी पुनः गठन गर्दै जिल्ला भेलाले दुई महिने अभियान चलाउने निणर्य गरेको हो ।

    यस अघि खाली रहेको जिल्ला अध्यक्षको कामकाज केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्रप्रसाद भट्टराईले गर्दै आएका थिए । जिल्ला भेलाबाट पार्टी छाडेर जानेलाई कारवाही तथा पदाधिकारीलाई पूणर्ता दिनेसँगै संगठन विस्तार अभियानका लागि पालिका स्तरीय टोली नेता तोकिएको जिल्ला सचिव कमलबहादुर खड्काले बताए ।

    नेकपा एसको जिल्ला भेलाबाट अध्यक्षमा मेखबहादुर खड्का चयन भएका छन् । उपाध्यक्षमा माबर सुनुवार र नरेन्द्रकुमार श्रेष्ठ, सचिवमा कमलबहादुर खड्का छन् । उप सचिवमा शारदा निरौला र सिपी ढुंगाना चयन भएका छन् । ५१ सदस्यीय जिल्ला कमिटी र १३ सदस्यीय सचिवालय तथा आठ विभाग गठन गरिएको छ । जिल्ला कमिटीमा ५१ मध्ये १५ जना मनोनित गरिने जनाइएको छ ।

    नेकपा एमालेले मिसन ग्रासरुट अभियान चलाएकै समयमा नेकपा एसले पनि २ महिने अभियान शुरु गर्न लागेको हो । यसका लागि पालिका स्तरमा टोली गठन भएको छ । केन्द्रिय सदस्यहरु बबी चाम्लिङ, कुलप्रसाद फुयल, निर्मला श्रेष्ठ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भेलाबाट आठ टोली निर्माण गरिएको जिल्ला अध्यक्ष मेखबहादुर खड्काले बताए ।

    उनका अनुसार दुई जना केन्द्रिय सदस्यसहित जिल्लाका पदाधिकारीहरुको नेतृत्वमा अभियान टोली तोकिएको छ । जस अनुसार चिशंखुगढीमा केन्द्रिय सदस्य निर्मला श्रेष्ठ, सिद्धिचरणमा अध्यक्ष खड्का, मोलुङमा उपसचिव शारदा निरौला, खिजीदेम्वामा राष्ट्रिय परिषद सदस्य योगेन्द्र बस्नेत अमृत टोली नेता तोकिएका छन् ।

    नेकपा एसकाे जिल्ला भेललामा नेताहरु ।

    त्यस्तै लिखुमा सचिव कमल खड्का, चम्पादेवीमा उपाध्यक्ष मावर सुनुवार, मानेभञ्ज्याङमा उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ र सुनकोसीमा जिल्ला ईञ्र्चाज नेत्र भट्टराईको नेतृत्वमा टोली गठन भएको छ । सदस्यता नविकरण, वितरण, अभिलेख अध्यावधिक र पालिका तथा वडा स्तरमा कमिटी गठन गर्ने अभियानको कार्यसूचि रहेको सचिव खड्काले जनाए ।

    नेकपा एसले गरेका नर्णिय तथा जिम्मेवारी बाँडफाँट
    १. जिल्ला कमिटी
    अध्यक्षः क.मेखबहादुर खड्का
    उपाध्यक्षः क. मावर सुनुवार र नरेन्द्रकुमार श्रेष्ठ
    सचिवः क.कमल बहादुर खड्का
    उप सचिवः क.शारदा निरौला र सिपी ढुंगाना

    २.सचिवालय सदस्यहरु: क.फत्त बोगटी, क. बाबुराज खड्का, क. महेश श्रेष्ठ, क. देवराज दाहाल, क.डाकुरप्रसाद दाहाल, क.इन्द्र श्रेष्ठ, क. इन्द्र थापा मगर ।
    ३. सदस्यहरुः क.लिला श्रेष्ठ, क.राजीव थापा, क.अनिता गिरी, क.नरसिंहबहादुर कार्की, क.अप्सरा तामाङ, क.हरिप्रसाद भट्टराई, क.विष्णु दाहाल, क.श्यामनाथ घिमिरे, क.इन्द्रबहादुर नेपाली, क.दिलबहादुर राई, क.फणिन्द्र धमला, क.डिल्ली दाहाल, क.निरु दाहाल, क.अनिता मगर, क.विर्ख बहादुर मगर, क. देवी तिमल्सिना, क.सूर्य तामाङ, क.गेल्बु शेर्पा, क.माधव श्रेष्ठ, क.शशिकिरण खड्का, क.जयबहादुर लामिछाने, क. संगीता के.शी, क.टेकबहादुर राना मगर, क.गुरु प्रसाद तिमल्सिना र क. नेत्रबहादुर कार्की ।
    २ .विभाग
    क.) आर्थिक विभागः- प्रमुखः क. फत्त बोगटी
    ख) संगठन विभाग ः- प्रमुखः क.कमलबहादुर खड्का
    ग) स्कूल विभाग ः- प्रमुखः क.नरेन्द्रकुमार श्रेष्ठ
    घ) मोर्चा संगठन ः- प्रमुखः क.मावर सुनुवार
    ङ) प्रचार विभाग ः- प्रमुखः क.सिपी ढुंगाना
    च) यूवा विभाग ः- प्रमुखः क.देवराज दाहाल
    छ) पेशा/व्यवसाय विभाग ः- क. मेखबहादुर खड्का
    ज) महिला, कृषि तथा सहकारी विभाग ः- प्रमुखः क.शारदा निरौला
    ३. अभियान सम्बन्धमा ः- जिल्ला कमिटीले तपशिल अनुसार २ महिने अभियान सञ्चालन गर्ने ।
    १. चिशंखुगढी गा.पा.
    संयोजकः क.निर्मला श्रेष्ठ, सदस्यः क.सिपी ढुंगाना, क. महेश श्रेष्ठ, क. सिताराम भट्टराई ।
    २. सिद्धिचरण न.पा.
    संयोजकः मेखबहादुर खड्का, क. तिलक लोहनी क. देवराज दाहाल, क. माधव श्रेष्ठ, क. टुकबहादुर श्रेष्ठ ।
    ३. खिजीदेम्वा गाउँपालिका
    संयोजकः क.योगेन्द्र बस्नेत, सदस्यः क.फत्त बोगटी, क.लिला श्रेष्ठ ।
    ४. लिखु गाउँपालिका
    संयोजकः क. कमल खड्का, सदस्यः क.बाबुरान खड्का, क. सूर्य तामाङ, क.मिना तामाङ, क. हरिप्रसाद भट्टराई ।
    ५. चम्पादेवी गाउँपालिका
    संयोजकः क. मावर सुनुवार, सदस्य क. इन्द्र श्रेष्ठ, क. श्यामनाथ घिमिरे, क. राजीव थापा, क. संगीता खत्री ।
    ६. मानेभञ्ज्याङ गा.पा.
    संयोजकः नरेन्द्रकुमार श्रेष्ठ, सदस्यः क. देवी तिमल्सिना, क. देवराज दाहाल ।
    ७. सुनकोसी गा.पा.
    संयोजकः क. नेत्र भट्टराई, क. मेखबहादुर खड्का, क. यमचन्द्र कट्वाल, क. इन्द्र थापा मगर ।
    ८. मोलुङ गाउँपालिका
    संयोजकः शारदा निरौला, क. सिबी कार्की, क. नेत्र कार्की, क. डाकुर प्रसाद दाहाल ।

    प्रतिक्रिया दिनुहोस