२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पेसागत महासंघकाे १३ सदस्यीय जिल्ला समिति, काे-काे छन् पदाधिकारी ?

  • २०७९ फागुन २७, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी निकट पेशागत महासंघको प्रथम जिल्ला अधिवेशन जिल्ला सदरमुकाम ओखलढुंगामा शनिवार सम्पन्न भएको छ ।

    शनिवार भएको जिल्ला अघिवेशनबाट शिवप्रसाद ढुंगाना अध्यक्ष चयन भएका छन् । समितिको उपाध्यक्षमा सरकारी कर्मचारीको तर्फबाट मात्रिका खतिवडा, सचिवमा विद्यालय कर्मचारीको तर्फबाट भेषराज खड्का, सह सचिव र कोषध्यक्षमा सरकारी कर्मचारीका तर्फबाट क्रमश सुवास राई र अशोक कट्टेल चयन भएका छन् ।

    समितिको सदस्यमा बाबुराम आचार्य, रोहितप्रसाद निरौला, मौषम ढुंगाना, तिलक राना, कुमारबहादुर खड्का र पृथ्वी खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

    अधिवेशनले फागुन २९ गतेदेखि हुने राष्ट्रिय महाधिवेशनमा तीन जना महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । महाधिवेशन प्रतिनिधीका लागि नरेन्द्रकुमार श्रेष्ठ, संगीता खत्री र शिवराज खड्का चयन भएको जिल्ला अध्यक्ष शिवप्रसाद ढुंगानाले जानकारी दिए ।

    महासंघले सम्पूणर् पेशाकर्मीहरुको पेशागत सुरक्षा, हक अधिकार र सुशासनको पक्षमा काम गर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । जिल्ला अधिवेशनमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य निर्मला श्रेष्ठ, जिल्ला अध्यक्ष मेखबहादुर खड्कालगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस