२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

६ महिनामा २१ मानवअधिकार उल्लङ्घनका घटना : इन्सेक

  • २०८० अषाढ १४, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा-  जिल्लामा विगत ६ महिनाभित्र २१ मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको तथ्यांकमा सन् २०२३ को जनवरी १ देखि जुन १५ सम्म जिल्लामा २१ मानव अधिकार उल्लङ्घनका घटना हुँदा २२ जना पीडित भए ।

    इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि संकलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम गरेको थियो ।

    जिल्लामा छ महिनाको अवधिमा बलात्कार तथा बलात्कार प्रयासका १० वटा र घरेलु हिंसाका ११ वटा घटना भएको तथ्यांक इन्सेक जिल्ला प्रतिनिधि सरस्वती बानियाले प्रस्तुत गरेकी थिइन् ।

    विगत ६ महिनामा सिनपामा १० वटा, मोलुङ गाउँपालिकामा चार, खिजीदेम्बामा एक, मानेभञ्ज्याङमा दुई, सुनकोशीमा दुई र चिशंखुगढीमा दुई वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् ।

    जिल्लाका अन्य स्थानीय तह भन्दा सिद्धिचरण नगरपालिकामा महिलामाथि हुने घरेलु हिंसाका घटना बढी भएको पाइएको छ । नगरपालिकामा सात वटा घरेलु हिंसा र तीन वटा बलात्कारका घटनामा छन् ।

     

    प्रतिक्रिया दिनुहोस