२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

बिपीको स्मृतिमा तरुण दल ओखलढुंगाको वृक्षारोपण

  • २०८० श्रावण ६, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ओखलढुंगा– विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर तरुण दल ओखलढुंगाले शनिबार वृक्षारोपण गरेको छ । तरुण दलले सिद्धिचरण नगरपालिका ११ स्थित नगरपार्क क्षेत्रमा वृक्षारोपण गरेको हो ।

    नगरपार्क क्षेत्रमा लेकाली सल्ला, तेजपत्ता, धुपी, कलुवा फुल लगायतका प्रजातिका बोटबिरुवा रोपिएको तरुण दल ओखलढुंगाका कोषाध्यक्ष अर्जुन राईले बताए । वृक्षारोपणसँगै कार्यक्रममा सहभागीहरुले बिपीको योगदान बारे चर्चा गरेका थिए । नेपाली काँग्रेसका संस्थापक कोइराला

    विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए । विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।

    भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो । विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

    कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस