२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तक प्रकाशित

  • २०८० श्रावण २७, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ओखलढुंगा – बुद्धिकुमार बायुङ राईद्वरा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको हो ।

    किरात बायुङ राई सुम्निखिमको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियगानका सर्जक प्रदिपकुमार राई (व्याकुल माइला)ले पुस्तकको विमोचन गरे । सिद्धिचरण नगरपालिका ११ निवासी बुद्धिकुमार बायुङ राई पुस्तकका लेखक तथा प्रकाशक दुवै हुन् । ७७ वर्षिय लेखक बायुङ समुदायको न्वाक्सो अर्थात पूजारी समेत हुन् ।

    बायुङ समुदायका मुन्दुम विज्ञ राईले पुस्तकमा सृष्टिको कथादेखि जन्म मृत्यु सम्मका बायुङ समुदायको संस्कारमा प्रयोग हुने मुन्दुमहरुको शब्दावली बायुङ र नेपाली दुवै भाषामा लेखेका छन् । पुस्तकमा मानव सृष्टिका कथा मिथकहरु, कर्मकाण्डहरु, प्रकृति पूजा, पितृ पूजा जस्ता मुन्दुमी विषय समेटिएको छ ।

     

    बुद्धिकुमारको यसअघि २०६९ सालमा ‘किरात बाहिङ (बायुङ) तुम्लो’ पुस्तक प्रकाशित भईसकेको छ । चारसय ४७ पृष्ठ रहेका ‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तकको मूल्य पाँच सय ५० रहेको छ । किरात राई यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्ष समेत रहेका लेखक बुद्धिकुमार बायुङ राई अवकाशप्राप्त भारतीय सेना हुन् ।

     

    प्रतिक्रिया दिनुहोस