२०८२ अषाढ ७, शनिबार | Sat, 21, Jun, 2025
बजेट, नीति तथा कार्यक्रममाथि एक अध्ययन

सिध्दिचरणको प्राथमिकतामा स्वास्थ्य कि धार्मिक संरचना ?

  • २०८२ बैशाख २३, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ओखलढु‌गा- एक अध्ययनले तीन वर्षमा मठ मन्दिरका १२० याेजना, १ कराेड ४९ लाख ६० हजार बजेट खर्च भएकाे देखिएकाे छ । याे सिद्धिचरण नगरपालिकाकाे तथ्यांक हाे ।  त्यही अवधीमा स्वास्थ्य क्षेत्रमा ९ लाख मात्र बजेट विनियाेजन भएकाे पाइयाे ।

    मन्दिर बनाउने लहर चल्दा सिद्धिचरणमा खुल्ला आकाशमुनि १५ खोप केन्द्र चलिरहेका छन् । कति महिला स्वास्थ्य स्वयंसेविका घरका आँगन र दलान, कति चौतारा र कतै सडकमै खोप लाउनु पर्ने बाध्यता छ ।

    नगरस्तरबाटै ६ योजनामा २० लाख बजेट मन्दिरलाई छुट्याउँदा खोपकेन्द्रमा बजेट शून्य छ । यो वर्ष जम्मा वडा र पालिकास्तरबाट गरेर ५६ लाख ३० लाख बजेट मन्दिरमा राखिएको छ । यस सम्बन्धी नगरिक मिडियाले विशेष अध्ययन गरेर समाचार प्रकाशित गरिसककाे छ ।

    समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

    स्वास्थ्यजस्ताे संवेदनशील विषयमा स्थानीय सरकारकाे वेवास्ता त अर्कातिर अनावश्यक क्षेत्रमा बजेट दुरुपयाेग बढेकाे देखिएकाे छ । यसबारे नुसन्धानात्मक अध्ययन प्रतिवेदन पनि हामीले प्रस्तुत गरेका छाै‌ । शिवप्रसाद ढुङ्गानाले गरेकाे अध्ययन प्रतिवेदन पढ्न लागि तलकाे लिंक क्लिक गर्नुहाेस् ।

    प्राथमिकतामा स्वास्थ्य कि धार्मिक संरचना F

    प्रतिक्रिया दिनुहोस