२०८२ अषाढ ३१, मंगलबार | Tue, 15, Jul, 2025

‘पिपिएलए’मा ओखलढुंगे हावी, महासचिवमा निराैला र काेषाध्यक्षमा घिमिरे निर्वाचित

  • २०८२ अषाढ २, सोमबार मा प्रकाशित ४ हफ्ता अघि
  • काठमाडौं : नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियाले २१३ मत ल्याए ।

    यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भए । महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदा देवी खरेल विजयी हुँदा हिमा देवी बस्नेतले १५२ मत ल्याइन् ।

    महासचिवमा भुवन प्रसाद निरौला १६३ मत ल्याएर विजयी भए । चूडामणि पौडेलले ७४ मत ल्याए शिव अर्यालले ११६ देवी प्रसाद भट्टराईले ८३ शान्तिराम खतिवडाले २७ मत ल्याए । त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाए ।

    सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ विजयी भए । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् । काेषाध्यक्षमा कुमार घिमिरे दाेब्बर मतले बिजयी भए । महासिचव निराैला र काेषाध्यक्ष घिमिरे ओखलढुंगे हुन् । उनीहरु राजधानीमा स्थापित कानुन व्यवसायीका रुपमा मानिन्छन् ।

    सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाइन् ।

    प्रतिक्रिया दिनुहोस