ओखलढुंगा- मुक्तिनाथ विकास बैंककाे सिद्धिचरण-ओखलढुंगा शाखा कार्यालय सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय र विद्यार्थीलाई सहयाेग हस्तान्तरण गरेकाे छ । सिद्धिचरण नगरपालिका वडा नं ४ स्थित रुम्जाटार माध्यामिक विधालय का कक्षा १ देखि १२ सम्म अध्यनरत अति जेहन्दार तथा विपन्न १५ जना विधार्थीलाई विाद्यालय पोशाक र ६० जना विधार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेकाे हाे ।
उक्त सामग्री खरिदका लागि बैंकले विद्यालयलाई ६० हजार नगद उपलब्ध गराएकाे बैकका शाखा प्रबन्धक विकल्प भट्टराईले जाकारी दिए । भट्टराईले विद्यालयका प्रधानाध्यापक गाेकर्ण बानियालाई साे रकमकाे चेक हस्तारन्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रअ गोर्कण बानियाले बैंकले सामाजिक उत्तर दायित्वमा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । वैकको तर्फवाट शाखा प्रवन्धक विकल्प भट्टराईले विधार्थीहरुलाई सहयोग गर्न पाउदा आफुहरु खुसि रहेको बताउँदै विद्यार्थीको उज्वल भविष्यको कामना गरे ।
प्रतिक्रिया दिनुहोस