२०८२ मंसिर २३, मंगलबार | Tue, 09, Dec, 2025

एमालेमा प्रतिनिधि छनाैट: मंसिर १३ काे निर्वाचन बदर, ५ दिनभित्र पालिकामै निर्वाचन गर्न निर्देशन

  • २०८२ मंसिर १६, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • ओखलढुंगा- एमालेले महाधिवेशन प्रतिनिधी छान्न मंसिर १३ गते ओखलढुंगामा गरेकाे निवार्चनलाई केन्द्रीय संगठन विभागले बदर गरेकाे छ । ‘प्रदेश केन्द्रकाे निर्देशन र स्थानीय कमिटीहरुकाे माग विपरित सदरमुकाममा सम्पन्न भएकाे भनिएकाे निर्वाचन स्वीकार गर्न सकिएन’ संगठन विभागले लेखेकाे पत्रमा भनिएकाे छ ।

    विभागका प्रमुख काशीनाथ अधिकारीले पत्रलेख्दै ५ दिन भित्र पालिकामा निर्वाचन गर्न र समन्वय लागि पर्देश ईञ्चार्ज  शेरधन राई नेताहरु विशाल भट्टराई यज्ञराज सुनुवार र किशाेर अधिकारीलाई ताेकिएकाे जनाएका छन् ।

    महाधिवेशनमा ओली र ईश्वर पाेखरेलकाे प्रतिस्पर्धा हुने भएपछि प्रतिनिधी छनाैटमा पनि दुई गुटकाे चर्काे प्रतिस्पर्धा थियाे । जिल्लामा एक उप सचिव बाहेक चार पदाधिकारी पाेखरेलकाे सहयाेगमा जिल्ला अधिवेशनमा निर्वाचित भएकाले प्रतिनिधी छनाैटमा पाेखरेल इतरकालाई निशेष गर्ने रणनीतिमा थिए ।

    पालिकामा निर्वाचन भएमा संगठित सदस्यहरुकाे बहुसंख्यक  सहभागीता  हुने र परिणाम मिश्रित आउने भएपछि जिल्ला कमिटिले केन्द्रीय संगठन विभाग र प्रदेश कमिटिकाे निर्देशन अटेर गर्दै सदरमुकाममा निर्वाचन गराएकाे थियाे ।

    सात हजार बढी रहेका एमालेका सदस्यहरुमध्ये एक हजार पाँच सयले मतदान गरेकाे बताइएकाे थियाे । निर्वाचनमा १२ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएकाे घाेषणा गरिएकाे थियाे । ७९ प्रतिशत एमालेका सदस्य मतदानमा अनुपस्थित भएका थिए ।

    उक्त मतदानमा धाँधली भएकाे, घरकाे एक जना आएर संगठित सदस्य रहेका परिवारका अन्य सदस्यहरुकाे मत समेत एकै जनाले खसाइदिएकाे भन्दै सामाजिक सञ्जालमा एमालेका नेता कार्यकर्ताहरुले चर्काे आक्राेश थिए भने प्रदेश र केन्द्रमा निर्वाचनकाे औचित्यमाथि प्रश्न उठाउँदै उजुरी परेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस