
शिवप्रसाद ढुङ्गानाओखलढुंगाः- नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संक्षिप्त कविता वाचन गर्दा सहभागी स्तब्ध बने । उनले लालीगुराँसलाई विम्ब बनाएर ‘जंगलमा हुँदा सबैको मनमा रहेको लालीगुराँस संविधानका पानामा बसेपछि शासक भएको’ भाव पोखे । सर्जक चौतारी ओखलढुंगाले राईको स्वागतमा आयोजित रचना बाचन कार्यक्रम उद्घाटन पनि उनले कवितामै २ मिनेटमा भ्याए ।
राईका साथमा थिए प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी र प्राज्ञ सदस्य चेतनाथ धमला । उनीहरुलाई साछी राखेर ओखलढुंगाका दर्जन बढी सर्जकहरुले कविता र गजल सुनाए ।
सहभागीका रचना सुनेपछि प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदीले भाषा, साहित्य, कला, संस्कृति र ललितकलाले मानिसको चेतना भर्ने माधयम भएको बताए । उनले यसको विकास स्थानीय सरकारले गर्ने क्षेत्राधिकार रहेकाले जिल्लाको भाषा, साहित्य, संस्कृतिको विकासका लागि योजना बनाउनु पर्ने सुझाव दिए ।
ओखलढुंगाका विभिन्न स्थानमा भएका ३ वटा कार्यक्रममा सहभागिता जनाएका प्रतिष्ठानका मुख्य प्रदाधिकारीहरुले साहित्य सिर्जना समाजमा चेतना भर्ने अभियान भएको बताएका छन् ।
‘लमतन्न सडक बनाउन, अग्ला घर बनाउनु’ मात्रै विकास हो भन्ने लाग्छ ? त्यो मात्रै विकास होइन विकास त त्यो हो, जसले मानिसको अस्तित्व निर्माण गर्छ र चेताना भर्छ । त्यो काम भाषा, साहित्य, कला र संस्कृतिको विकास र संरक्षणबाट हुन्छ’ – भूपाल राई
चेतनाको विकासले मात्रै समान विकासको बाटो खुल्ने उनीहरुको ठम्याइ छ । कुलपति राईले आफ्नो मन्तव्य राख्दै लमतन्न सडक र अग्ला भवनहरु मात्रै विकास नभएको बताए । उनले भाषा, संस्कृति र साहित्यले मानव समाजको पहिचान र चेताना विकास गर्ने बताए ।
कार्यक्रमको मञ्चमा रहेका जनप्रतिनिहरुप्रति लक्षित गर्दैै उनले भने लमतन्न सडक बनाउन, अग्ला घर बनाउनु मात्रै विकास हो भन्ने लाग्छ ? त्यो मात्रै विकास होइन विकास त त्यो हो, जसले मानिसको अस्तित्व निर्माण गर्छ र चेताना भर्छ । त्यो काम भाषा, साहित्य, कला र संस्कृतिको विकास र संरक्षणबाट हुन्छ ।’

प्रज्ञा प्रतिष्ठानलाई कूलपति राईमार्फत सर्जक चाैतारी ओखलढुंगाकाे तर्फबाट मायाकाे चिनाे हस्तान्तरण गरिदै । तस्वीर: नागरिक मिडिया ।
उनले स्थानीय सरकारले साहित्य, कला र संस्कृतिको विकास गर्न ध्यान दिनु पर्नेमा जोड दिए । कुलपति राईले प्रतिष्ठान विगतमा के हो भन्ने जनताले थाहा नभएकाले अहिले गाउँ गाउँमा थाहा दिन र साहित्य, कला, भाषा, संस्कृतिको विकासमा जागरण ल्याउन जिल्ला भ्रमणमा निस्केको बताए ।
ओखलढुंगाका ३ वटा विभिन्न साहित्यिक कार्यक्रममा सहभागिता जनाएर सोलुखुम्ुबुका स्थानीय तहहरुमा यसबारे अन्र्तक्रिया गर्ने पनि कुलपति राईले जानकारी दिए । सर्जक चौतारीले अग्रजलाई पछ्याउँदै नवोदितलाई डोहोर्याउँदै साहित्यको विकासमा काम गर्ने लक्ष्य राखेको अध्यक्ष विरेन्द्र तामाङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस