२०८२ माघ १, बिहिबार | Thu, 15, Jan, 2026

एमाले महाधिवेशन: ओखलढुङ्गाबाट ३ जना केन्द्रीय सदस्यका उम्मेदवार

  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुङ्गा- नेकपा एमालेकाे ११ औं महाधिवेशनमा ओखलढुङ्गाबाट ३ नेता केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् । निवर्तमान केन्द्रीय सदस्य यज्ञराज सुनुवार, प्रदेश कमिटीका सचिवालय सदस्य अम्बीरबाबु गुरुङ र जिल्ला कमिटीका उपसचिव अस्मिता थापा उम्मेदवार बनेका हुन् ।

    उनीहरुले फरक-फरक क्लष्टरबाट प्रतिस्पर्धा गर्दैछन् । सुनुवार खुल्लातर्फ गुरुङ आदिवासी जनजाति र थापा महिलातर्फ उम्मेदवार दिएका हुन् ।  सुनुवार र थापा  ओली समुह र गुरुङ पाेखरेल समुहबाट उम्मेदवारी दिएका छन् ।  सुनुवार पूर्व सांसद गुरुङ प्रदेश सरकारका पूर्व मन्त्री र थापा लिखु गाउँपालिकाका उपाध्यक्ष हुन् ।

     

    प्रतिक्रिया दिनुहोस