ओखलढुंगा: नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेकाे छ । बहुदल प्राप्तिकाे आन्दाेलनमा लागेका देखि जेन्जीसम्म उम्मेदवार सिफारिस भएका छन् । जिल्लाका पुराना कम्युनिष्ट नेता नेत्र भट्टराईदेखि जेन्जी विरेन्द्र मगरसम्म छन् ।
जिल्ला कमिटीका उपलब्ध पदाधिकारीहरुकाे बैठक तथा उम्मेदवार छनाैट कार्यदलले २ दिन लगाएर ५ जना प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हाे । प्रत्यक्षतर्फ नेत्रप्रसाद भट्टराई रामकुमार कार्की माेहन खड्का नवराज गुरुङ र विरेन्द्र मगर रहेका छन् । भट्टराई २०४६ देखि कम्युनिष्ट आन्दाेलनमा लागेर एकिकृत समाजवादी हुँदै नेकपाकाे नेता छन् ।
कार्की तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला संयाेजक, खड्का केन्द्रिय सदस्य र पूर्व सांसद हुन भने मगर अखिल क्रान्तिकारीका नेता हुन् । केन्द्रीय सर्कुलर अनुसार उम्मेदवार चयन गरेर सिफारिस गरिएकाे नेता रामकुमार कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस