ओखलढुंगा- नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेकाे छ । चार जना नेताहरु सिफारिसमा परेका छन् ।
समानुपतिक खस आर्य महिला तर्फ चम्पा कर्की, जनजाति पुरुषतर्फ सिताराम गुरुङ, जनजाति महिला तर्फ निर्मला श्रेष्ठ र अल्पसंख्यक तर्फ मावर सुनुवार छन् ।
सबै नेताहरु राजनीतिमा लामाे समयदेखि लागेका र हालसम्म लाभकाे पद नपाएका व्यक्तिहरु छन् । उनीहरुकाे याेगदानका आधारमा सिफारिस गरेकाे नेकपाका नेता तथा सिफारिस कार्यदलका सदस्य मेखबहादुर खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस