२०८२ माघ १, बिहिबार | Thu, 15, Jan, 2026

श्रम संस्कृतिकाे सभा: हर्कले गरे सम्बाेधन, लामिछाने, शाह र तामाङमाथि प्रश्नै प्रश्न

  • २०८२ पौष १२, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • ओखलढुंगा- श्रम संस्कृति पार्टीले जिल्लामा सभा गरेकाे छ । हर्क साम्पाङले सभालाई सम्बाेधन गरे । शनिवार जिल्ला समन्वय समितकाे प्राङ्गणमा भएकाे सभामा पार्टीका अन्य पदाधिकारीसहित हर्ककाे उपस्थिति थियाे ।

    उनले देशकाे माटाेकाे माया नहुने देशभक्त नहुने बताए । ढुंगा विश्वकाे ठूलाे खनिज पदार्थ रहेकाे बताउँदै उनले प्रकृतिकाे माया माटाेकाे माया गर्नेहरुकाे पार्टी श्रम संस्कृति पार्टी भएकाे बताए । उनले आफ्नाे पार्टीमा काेही पनि नेता नरहेकाे खादामाला नलाउने र भन्दै सबै श्रमदाता रहेकाे पनि बताए ।

    सम्बाेधनका क्रममा उनले  रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई दमदार प्रश्न गरेका छन् । उनले ३ जनालाई ३ प्रश्न भन्दै साेधेका हुन् । लामिछानेलाई ठगीकाे अभियाेगमा जेलमा भएकाे मान्छे ‘कारागार ताेडेर किन भागेकाे अनि आन्दाेलन मत्थर भएपछि लुरुलुरु किन जेलमै आएकाे’ भनेर प्रश्न गरे ।

    जेन्जी उचालेर किन सिंहदरवार जलाएकाे अनि किन प्रधानमन्त्री बन्न बाेलाउँदा नगएकाे भन्दै अहिले पार्टी, चुनाव र प्रधानमन्त्री किन चाहिएकाे भनेर प्रश्न गरे । त्यस्तै कुलमान घिसिङलाई एमसिसी सम्झाैताकाे पक्ष कि विपक्ष भन्दै राष्ट्रघात गरेकाे टिप्पणी गरे ।

    उनले सबै देशप्रेमी र स्वाभिमानीहरुले माटाे चुनाव चिन्ह राेज्नु पर्ने बताए  ।

    प्रतिक्रिया दिनुहोस