शीर्षक देखेर तपाईलाई लाग्दाे हाे फेरि यसले ईश्वर पाेखरेल विरुद्ध लेखेछ । यसरी बुझ्नु भयाे भने या त तपाईमा राजनीतिक समझ छैन, या त तपाई कसैकाे अन्धभक्त हाे । मैलै उनी विरुद्ध लेख्नु पर्ने कारण छैन र मैले सम्मान गर्न याेग्य कम्युनिष्ट आन्दाेलनका शीर्षमध्येका एक हुन् उनी, भलै म उनकाे कार्यकर्ता र मतदाता हाेइन ।
आज चर्चा गर्न खाेजिएकाे सवाल के हाे भने नेकपा एमालेले किन बारम्बार जिल्लाकाे राजनीतिमा ईश्वर पाेखरेलकाे साथ खाेज्छ र उनैलाई विवादित बनाइरहन्छ ? भन्ने प्रश्नको गहिराई नाप्नु हाे ।
पाेखरेलकाे चासाे अधिवेशन बाहेककाे समयमा ओखलढुंगामाथि खासै परेकाे देखिदैन । अनि जिल्लाकाे टिकट वितरणमा उनी चासाे देखाउँछन् । उनकाे नाम जिल्ला पार्टीकाे निर्णायक घडिमा किन आउँछ र त्यसले उनी आफै र एमालेकाे राजनीतिक जीवनमा किन नाफाभन्दा बढी घाटा व्यहाेरिरहनु पर्छ ? भनेर यस आलेखमा परिचर्चा गर्न खाेजिएकाे छ ।
यी प्रश्नकाे उत्तर खाेज्नु अघि नेता पाेखरेलकाे विगतकाे भूमिकाकाे चर्चा गराैं ।
पछिल्लाे समय एमालेकाे जिल्ला नेतृत्वले उनलाई २ पटक व्यापारकाे साधन बनायाे जसले उनैलाई राजनीति हानी गरायो, जिल्लादेखि केन्द्रैसम्म । यस अघि जिल्ला अधिवेशनमा उनले खेलेकाे भूमिका र दिएकाे वक्तव्यले उनी आफैं विवादित बने ।
२०७३ मा एमालेकाे जिल्ला अधिवेशनमा उनले सर्वसम्मतका नाममा नेत्र भट्टराईलाई अध्यक्ष हुनबाट राेक्ने भूमिका खेले । त्यसबाट उनीमाथि प्रश्न उठ्न थालेका थिए । पछिल्लाे अधिवेशनमा हर्कबाेल राई राेक्न उनी अड्डै जमाएर जिल्ला बसे । त्यसबेला उनकाे अघिवेशनमा हस्तक्षेप नै रह्याे । फलत: राजनीतिमा खासै भूमिका नदेखिएका, जीवन विमा कम्पनीका ‘माेटिभेशनल स्पीकर’ जिबी खड्का जस्ता पात्रकाे उदय भयो र अहिले एमाले हल न चलकाे अवस्था पुगेको छ ।
एमालेकाे याे अवस्था हुनुमा पुरै उनी दाेषी त भन्न मिल्दैन तर केही हिस्सा भने उनकाे पनि छ । राजनीतिमा विवादास्पद व्यक्ति बाेक्ने र इमान्दार कार्यकर्ता छेक्ने उनकाे भूमिका भने सबै कार्यकर्ताले राम्रै महशुस गरेका छन् । उनले साथ दिएकाहरुले उनकाे पक्षमा काम गर्नु त ठिकै हाे तर उनलाई चासाे पनि नभएका विषयमा उनकाे नाममा व्यापार गर्नु उनीमाथिकै अपमान हाे । हाे, यस्तै काम भने यस पटक उनका अनुयायीहरुले ओखलढुंगाबाट गरेका छन् ।
यसले एमालेमा कहिल्यै नदेखिएकाे जबरजस्त गुट निर्माण भएकाे छ, जसले एक अर्कालाई शत्रु ठान्छ र परपार्टीका व्यक्तिलाई पाे मित्र देख्छ ! यस्ताे अपवित्र काममा ईश्वरकाे नाममा व्यापार चलाउन एक समुह यस पटक पनि सफल भयाे ।
याे विषयलाई उनकाे जिल्लाबाट उम्मेदवार सिफारिसकाे नियतबाट हेर्दा बुझिन्छ । उनी ओखलढुंगा चुनाव लड्न आउने मनसाय राखेर पक्कै बसेका छैनन् र आउँदैनन् पनि । सिफारिस गर पनि भनेका हाेइनन् शायद, किनकी उनकाे नाम काठमाण्डाैं ५ बाट एकल सिफारिस छ । उनी त्यहीबाट चुनाव लड्दै आएका छन् । काठमाण्डाैकाे सिफारिस अघि अध्यक्ष ओलीसँग भेटेर मात्र नाम राख्ने भन्दै उनले भेटवार्ता पनि गरेका थिए । सायद उनले यसपटक राष्ट्रिय सभामा जान चाहेकाे हुनसक्थ्यो । ओलिकाे आषय बुझेपछि उनी मैदानमा खडा हुन तयार भए ।
हाल ओखलढुंगा एमालेमा उनकै नाममा महाधिवेशन प्रतिनिधि छनाैटमा भएकाे बखेडा सकिएकाे थिएन । त्यसबेला उनी पक्षधरले प्रदेश र केन्द्रकाे परिपत्र विवरित फर्जी समेत मत हालेर चुनावी प्रकृया देखाइ महाधिवेशन प्रतिनिधी छनाैट गरेका थिए । त्यसकैकाे राप अहिले उम्मेदवार सिफारिसमा समेत परेको छ ।
अहिले उनले चासाे पनि नदिएकाे विषयमा उनकाे नाममा राेटी सेक्ने काम भएकाे छ । हुन त यस अघि पनि उनकाे नाम सिफारिस हुँदै आएकाे थियाे, २०६४ बाटै । त्यसकाे पृष्ठभूमि छुट्टै छ । त्याे जिल्ला पार्टीकाे बैठकबाट निर्णय गरेर जिल्लामा चुनाव लड्न आउन अनुराेध सहितकाे सिफारिस थियो । त्यतिबेला कमजाेर संगठन रहेकाे एमालेका जिल्लाका नेताहरुको केन्द्रमा पहुँच र गाउँमा पार्टीकाे पहुँच विस्तारका लागि सहज हुने अनुमान गरेर सबैले ईश्वर पाेखरेलकाे नाममा व्यापार गरेका हुन् । यसले उनलाई जिल्लाभर चर्चा पनि गरायो र उनले केही विकासका काममा पनि याेगदान गरे । रुम्जाटारकाे हवाइ मैदान कालाेपत्रेकाे याेजना ल्याउन उनकाे भूमिका छ ।
अहिले उनले चासाे पनि नदिएकाे विषयमा उनकाे नाममा राेटी सेक्ने काम भएकाे छ । हुन त यस अघि पनि उनकाे नाम सिफारिस हुँदै आएकाे थियाे, २०६४ बाटै । त्यसकाे पृष्ठभूमि छुट्टै छ ।
अहिले भने उनकाे चासाे बिनै गुटबन्दी बलियाे देखाउन उनी पक्षधर भनिएकाहरुबाट उम्मेदवारकाे रुपमा नाम प्रवेश गराएर नेता पाेखरेललाई उनका ‘अनुयायी’ले विवादित बनाइदिए । यसले उनकाे व्यक्तित्व उचाल्ने हाेइन पछार्ने काम भएकाे छ । याे उनले कति बुझ्छन् उनै जानून् ।
जिल्लामा प्रतिनिधी सभाकाे निर्वाचनमा धेरै पुराना र सिनियर नेताहरु दावेदार हुँदाहुँदै मुख्यत: केन्द्रिय सदस्य यज्ञराज सुनुवार र अम्वीरबाबु गुरुङ हुन् । निवार्चन परिचालनकाे क्षमताले पनि कार्यकर्ताहरु उनीहरुमध्येकै सिफारिस हुने अपेक्षामा थिए ।
तर केन्द्रिय सदस्य र जिल्ला ईञ्चार्ज समेत रहेका सुनुवारकाे नाम सिफारिसै नगर्ने कसरतमा जिल्लाका तीन चार पदाधिकारी थिए । त्यसकै अभ्यास स्वरुप जिल्ला कमिटीकाे बैठक सट्टा विस्तारित भेला भन्दै कमिटिका नेताभन्दा अनुयायी जम्मा पारे, नाम प्रस्ताव र धारणा राख्ने समयमा केही व्यक्ति बाेल्न थालेपछि हाेहल्ला गरेर हुलहुज्जत गर्ने गराउने काम भयो ।
यस विचमा एकल नाम पठाउने प्रस्ताव भयाे नानीबाबु बुढाथाेकीकाे नाममा । त्यसमा मुख्य दुई दावेदार यज्ञराज सुनुवार र अम्बीर बाबु गुरुङले देखावटी रुपमा ‘ओके’ पनि भने । त्यसपछि अरु विवाद भयाे र दावी गर्ने नेताहरु दर्जन पुगे । सहमति नहुने देखेपछि धेरैले दावी गर्ने सबै नेताकाे नाम सिफारसि गर्न सुझाव दिए ।
तर जिल्ला कमिटीका पदाधिकारीहरुले ईश्वर पाेखरेलकाे नाम एक नम्बर २ नम्बर अम्वीरबाबु ३ नम्बर यज्ञराज भन्दै ५ जनाकाे नाम प्रचारमा ल्याए । यसले एमालेभित्रकाे स्वार्थ समुहले आफ्नाे रोटी सेक्न फेरि ईश्वर पाेखरेलकाे नाम छिराएर विवादित बनाइदियाे । यसले एमालेकाे अन्तरद्वन्द्व अरु वढ्ने भन्दै नेता कार्यकर्ताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

एमाले नेताहरुका केही टिप्पणीहरु ।
एउटा एमालेकाे समुह शक्तिमा रहेका नेता पाेखरेलकाे नाम भजाएर पार्टी नेतृत्वमा टिक्न अनि पार्टी भन्दा व्यक्तिगत हितमा पार्टीकाे दुरुपयाेग गर्नेकाम गर्दै आएकाे छ । यसले एमालेमा कहिल्यै नदेखिएकाे जबरजस्त गुट निर्माण भएकाे छ, जसले एक अर्कालाई शत्रु ठान्छ र परपार्टीका व्यक्तिलाई पाे मित्र देख्छ ! यस्ताे अपवित्र काममा ईश्वरकाे नाममा व्यापार चलाउन एक समुह यस पटक पनि सफल भयाे । यस्ताे शैलीकाे धेरै नेताहरुले विराेध गरेका छन् ।
नेता तथा अधिवक्ता तीर्थ सुवेदीले एक कवितांश फेसबुकमा शेयर गर्दै वर्तमान जिल्ला नेतृत्व प्रति कटाक्ष गरेका छन् । उनले आदिकवि भानुभक्त आचार्यकाे कवितांश ‘गजाधर सोतीकी घरबुडी अलच्छिनीकी रहिछन्, नरक जानलाई सबसित बिदाबारी भईछन् !’ उल्लेख गरेका छन् । उनले वर्तमान एमाले नेतृत्व नर्ककाे बाटाेमा हिडेकाे टिप्पणी गरेका छन् ।
कविताशं पाेष्ट गरेपछि पंङ्तिकारकाे जिज्ञासामा उनले जिल्लामा एक जनाकाे नाममा सहमति नभए १० जना नेताहरुकाे दावी थियाे सबैकाे प्रदेशमा सिफारिस गर्न भनिए पिन पदाधिकारीहरुले मनलाग्दी नानम पठाएकाे बताए । यस्ताे रबैयाले पार्टीकाे हित नहुने उनकाे भनाइ छ ।
अर्का नेता हितराज कार्कीले विभिन्न ९ बुँदाहरुमा जिल्ला नेतृत्वकाे अर्थ र औचित्य सकिएकाे तर्क गरेका छन् । केही व्यक्तिकाे स्वार्थका लागि शीर्ष नेता इश्वर पाेखरेललाई विवादित बनाउने र जिल्लाका नेताहरुलाई निशेध गर्ने प्रवृत्तिले एमालेका जिल्लाका पदाधिकारीहरुले राजीनामा दिनु पर्ने अन्यथा केन्द्रले हस्तक्षेप गर्नु पर्ने माग चर्काे रुपमा उठ्न थालेकाे छ । धेरै कार्यकर्ताहरुले सामाजिक सञ्जालबाटै जिल्ला कमिटी विघटन गरिएकाे सूचना भन्दै व्यङ्ग्य गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस