ओखलढुंगा- नेकपा एमालेले आगामी प्रतिनधी सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेकाे छ । केन्द्रले ताेकेकाे समयभन्दा केही ढिला जिल्लाकाे एक भेलाबाट सिफारिस गरेकाे एमालेले जनाएकाे छ ।
एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल केन्द्रिय सदस्य यज्ञराज सुनुवार प्रदेश कमिटीका सचिवालयसदस्य अम्बीरबाबु गुरुङ र नानीबाबु बुढाथाेकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काकाे नाम सिफारिस गरिएकाे छ ।

उम्मेदवार सिफारिसका लागि २ दिन बैठक बसेकाे थियाे । जिल्ला भेलाका नाममा बाेलाइएका केही व्यक्तिहरुले हाे हल्ला र वादविवाद गर्दा टेबल समेत हानाहानको स्थिति बनेकाे थियाे । उम्मेदवार दावी गर्नेहरुबीच सहमति नहुँदा १० जनाकाे दावी सबै पठाउने धारणाा नेताहरुले राखेका थिए ।
पदाधिकारीहरुले भने ५ जनाकाे मात्र नाम सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस