२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार ९ जना महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीमा ३ महिला १० पुरुष गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।  कैलालीको गोदावरी नगरपालिकाका १०, टीकापुर नगरपालिका एक र चुरे गाउँपालिका २ जनामा कोरोना देखिएको छ।

    यस्तै गरी डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जना मा कोरोना पुष्टि भएको हो । बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेरा गाउपालिकाका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिकाका एक÷एकजनामा कोरोना पुष्टि भएको छ ।

    सुदूरपश्चिममा प्रदेशमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएको छ । बिहीबार मात्र सुदूरपश्चिममा ३ सय ४६ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार नाघि सकेको छ ।

    प्रतिक्रिया दिनुहोस