२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लैंगिक हिंसा रोकथाम र प्रतिकार्य परियोजना प्रभावकारी: सरोकारवाला

  • २०८१ जेष्ठ १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा-  विभिन्न दातृ निकायहरुको सहयोगमा जिल्लाका चार स्थानीय तहमा सञ्चालन लैंगिक हिंसा रोकथाम र प्रतिकार्य परियोजनाको प्रभावकारिता राम्रो रहेको सरोकारवाला निकायका प्रमुखहरुले बताएका छन् ।

    मानेभञ्ज्याङ गाउँपालिकामा आयोजना गरिएको परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी पालिका प्रमुख, उपप्रमुख, समितिका पदाधिकारीलगायत सरोकारवालाहरुले परियोजनाले समाजमा हिंसा न्यूनिकरण गर्न योगदान गरेको चर्चा गरे । उनीहरुले यस्ता परियोजनाले समाजमा हिंसा न्यूनिकरण र सचेतना अभिबृद्धिका लागि योगदान पुगेको उनीहरुको भनाइ छ ।

    मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले परियोजनाको उद्देश्य र काम प्रभावकारी रहेको र आगामी दिनमा पालिकामा निरन्तरता दिन उचित स्रोत व्यवस्थापन गर्नु पर्ने बताए । उनले स्रोत साझेदारीमा दाताहरु पन्छिन नहुने भन्दै पालिकाहरुलाई सहकार्य गर्न तयार रहेको बताए । पालिकाको स्रोत कम भएकाले दाताहरुले कम्तिमा बराबर हिस्सेदारीमा काम गर्न तयार हुनुपर्ने उनको सुझाव छ ।

    कार्यक्रमले समाजका हिंसालाई उजागर गर्दै न्यूनिकरणमा सहयोग पुगेको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । यो कार्यक्रम आवश्यक रहेको बताउँदै आगामी दिनमा पालिकाले साँझेदारी गर्ने अध्यक्ष शर्माको भनाई छ ।

    सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन खनालले यो परियोजना कार्यक्रमले समाजमा सचेतना फैलाएको बताए । समाजमा पुरुषको तुलनामा अझै महिला हिंसा धेरै भएको बताउँदै सबै किसिमको हिंसा न्यूनिकरणका लागि समन्वय गर्न सकिने नगर प्रमुख खनालले बताए ।

    कार्यक्रमका अध्यक्ष समेत रहेका मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दालीले परियोजनाले लंैगिक हिंसाको क्षेत्रमा सेवा दिएर कोसेढुंगा स्थापित गरेको उल्लेख गरे । तर पनि यसको दिगोपना बारे शंका व्यक्त गर्दै दाताहरुले स्थानीय तहलाई मात्र जिम्मेवार बनाउने खोजेको बताए ।
    जिल्लाको एकमात्र सुरक्षित आवास गृह र ओसिएमसी नेपाल सञ्चालनका लागि सबै पालिकाले दायित्व लिनु पर्ने पनि सरोकारवालाहरुको भनाइ छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाक्टर नारायण ढकालले जहाँ लैंगिक समानता हुँदैन, त्यहाँ विकास हुन नसक्ने बताए ।

    समाजमा भएका विभिन्न प्रकारका हिंसा बिरुद्ध परियोजनाले सकारात्मक जागरण ल्याएको अधिकारी डाक्टर ढकालले बताए । उनले आगामी दिनमा परियोजनाले दिगो विकासको क्षेत्रमा काम गर्नु पर्ने आग्रह गरे ।

    पालिका प्रमुखहरुले परियोजनाको साँझेदारी रकम सबै पालिकामा समान हुनु पर्ने बताएका छन् । युएनएफपिए, ओसिएमसी र सिएमसी नेपालले जिल्लामा सन् २०२६ उक्त परियोजनामा साझेदारी गर्ने बताइएको छ । समितिको बैठकमा परियोजनाको स्वमित्व ग्रहण गर्ने, फेज आउट हुन लागेका संस्थाहरु भिएसओ, आइपास र कोकनलाई बिदाइ गर्ने, जिल्लाको सेफ हाउस संचालनका लागि सबैको स्वामित्व चिशंखुगढीमा सञ्चलन गर्ने निणर्य पनि भएको छ ।

    हाल जिल्लाको एक नगरपालिका सिद्धिचरण नगरपालिका, मोलुङ, चिसंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकाकोको साझोदारीमा उक्त कार्यक्रम सञ्चालनमा छ । परियोजनाका लागि स्थानीय तहलाई युएनएफपिए, आइपास, कोकन लागयतका संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । सालदेखि २०८१ सालसम्म लैंगिक हिंसा रोकथामकाका लागि साँझेदारी कार्यक्रम सञ्चालन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस