२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

घाँटी रेटेर दुई बालकको हत्या

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् । घटना बाराको कलैयामा भएकाे हाे ।

    कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    ‘ सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उनले भने ‘ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

    प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए ।

    ‘वरपर हेर्दा हतियार पनि फेला परेको छैन, उनीहरु कहाँ गएका थिए, कसलाई भेटे लगायतका बारेमा सोधपुछसँगै तालिम प्राप्त कुकुरको पर्खाइमा छौं ।’ उनले भने ‘कसले किन हत्या गरेको हो ? को को संलग्न छन ? पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’

    प्रतिक्रिया दिनुहोस