२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

हजारौँ अफगानी देश छोड्न आतुर

  • २०७८ श्रावण ३२, सोमबार मा प्रकाशित २ साल अघि
  • काबुल -तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी कब्जा गरेसँगै सोमबार पाँच जना मारिएका छन् । पाँच जना मारिएपछि काबुल विमानस्थलमा हजारौं अफगानिस्तान देश छोड्न आतुर भएका छन् । उनीहरूले अमेरिकी सेनालाई हवाई क्षेत्र खाली गर्न आग्रह गरेका छन्।

    संयुक्त राज्य अमेरिकाले अस्थायी रूपमा काबुलबाट सबै निकासी उडानहरु बन्द गरेको छ । तालिबान अधिकारीहरुले २० बर्षको युद्द समाप्त भएको घोषणा गरेका छन् । इस्लामी लडाकुहरु काबुलमा निर्विरोध रुपमा प्रवेश गरेपछि राष्ट्रपति अशरफ घानी आइतबार रक्तपातबाट बच्ने भन्दै देश छाडेका छन्।

    सोमबार कसरी पाँच जना एयरपोर्ट मा मरे भन्ने चाहीँ स्पष्ट भएको छैन। एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरुलाई शहरबाट बाहिर लैजाने सैन्य उडानमा बाटो लाग्न खोज्ने मानिसहरुलाई रोक्न हवाइ फायर गरेको हो ।

    पाँच जनालाई भागदौडमा गोली हानिएको थियो वा मारिएको थियो भन्ने पुष्टि भएको छैन । एक सामाजिक सञ्जाल भिडियो मा, तीन शव भुइँमा देख्न सकिन्छ नजिकै एक एयरपोर्ट साइड प्रवेश द्वार जस्तो देखिन्छ। एक प्रत्यक्षदर्शीका अनुसार उनले पाँचवटा शव देखेका थिए।

    राेयटर्सबाट साभार

    मानिसहरु देश छोड्न आतुर छन् तर तालिबान अधिकारीहरुले कसैलाई हानी नहुने बताएका छन्। “सबैजना चिन्तित छन्,” काबुलमा लुकेका एक पूर्व सरकारी कर्मचारीले भने, “उनीहरु अझै मानिसहरुलाई निशाना बनाइरहेका छैनन् तर यसपछि के हुन्छ भन्ने थाहा नभएकाले मानिसहरु अहिले बाहिर निस्कन लडिरहेका छन्।”

    तालिबानका प्रवक्ता सुहेल शाहीनले ट्वीटर मार्फत उनीहरुका लडाकुहरुलाई कसैलाई हानी नगर्न कडा आदेश दिएको छन । उनले भने, “कसैको ज्यान, सम्पत्ति र सम्मानलाई हानी हुने छैन मुजाहिदीनले सुरक्षित राख्नु पर्छ।”

    यसअघि तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता मोहम्मद नईमले अल जजीरा टिभीलाई अफगान जनता र तालिबानले २० बर्षमा उनीहरुको प्रयास र बलिदानको फल मात्र देखेको बताएका छन् । उनले भने, “भगवानलाई धन्यवाद, युद्द समाप्त भयो”

    राेयटर्सबाट साभार समाचार

    प्रतिक्रिया दिनुहोस