२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
कात्तिक ३ र ४ गते

माैसम: आज र भोलि के हुँदैछ ?

सांकेतिक तस्वीर
  • २०७८ कार्तिक ३, बुधबार मा प्रकाशित २ साल अघि
  • कात्तिक ३ गते देशभर सामान्यदेखि पूर्ण बदली रहने, प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैगरी कात्तिक ४ गते प्रदेश नं १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ।

    प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस