२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
सन्दर्भ: १७ औँ राष्ट्रिय कफी दिवस

कफि महिमा: इथियाेपियादेखि नेपालसम्म, के छन् त फाइदा ?

  • २०७८ मंसिर १, बुधबार मा प्रकाशित २ साल अघि
  • कफिको परिचय: कफि स-साना झाडि देखि ठुल-ठुला रुखसम्म हुने एक सदाबहार वनस्पति हो। वनस्पतिक वर्गिकरण अनुसार कफि रुवेसिया (Rubiaceae) परिवारमा पर्दछ । जसको ५०० वंश (Genera) र ६००० बढि अणुवंश (species) छन। जसमध्ये कोफिया (coffea) एउटा वंश हो भने यसको पनि ७० भन्दा बढि वंशहरु छन। त्यसमध्ये २५ लाई प्रमुख मानिन्छ।

    आर्थिक हिसावले अरेविका (Arabica), रोबस्टा (Robusta/ canefora), एक्सेल्सा (excelsa) र लाईबेरिका (Liberica) यी चार वटालाई मुख्य रुपमा लिईन्छ। गुणस्तरको हिसाबले अरेविका र रोबस्टालाई प्रमुख मानिन्छ र विश्वमा अरेविकाको ७० र रोबस्टाको ३० प्रतिशत खेति गरेको पाईन्छ । लाईबेरिका र एक्सेल्साको नगन्य मात्रामा खेति गरिन्छ ।

    अफ्रिका महादेश अन्तर्गत ईथियोपियाको कफा प्रान्तमा उत्पति भएको कफि सुरुमा काल्दी नामक बाख्रा गोठालाले पत्ता लगाएको कथा छ । अरेविया (यमन) बाट विकाश भएर संसारमा फैलिएको मान्यता छ। त्यस्तै रोवस्टा कफिको उत्पति मध्य अफ्रिकाको कङ्गो राज्यमा भएको मानिन्छ।

    नेपालमा कफिको ईतिहास त्यति लामो छैन। बि.सं. १९९५ सालमा सर्वप्रथम हिरा गिरीले बर्माबाट बाँसको लठ्ठीभित्र लुकाएर ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपेको कथा छ । नेपालमा अधिकांश अरेविका कफि मात्र लगाएको पाईन्छ। अरेविकाको माउबोट टिपिका र बोर्बोनलाई मानिन्छ।

    अरेवियामा विकाश भएको टिपिका (Typica) र हिन्द महासागरको बोर्बोन (Reunion) टापुमा भेटिएको बोर्बोन (Bourbon) जातबाट कुनै उन्मोचित र कुनै एक ठाउँबाट अर्को ठाउँमा सार्दा भौगोलिक बनावट तथा हावापानीको कारण गुण र स्वरुपमा परिवर्तन भै बिभिन्न नाम र जातमा विकाश भएका बोर्बोन, टिपिका, क्याटुरा, क्याटुआई, टेकिसिक, पाकस, पाकामारा, मुन्दो नोभो, हवाईकोना, ईण्डो टिमटिम, सानरामोन र सेलेक्सन-१० आदि सबै अरेविका कफिहरु हुन्।

    नेपालमा कफिको ईतिहास त्यति लामो छैन। बि.सं. १९९५ सालमा सर्वप्रथम हिरा गिरीले बर्माबाट बाँसको लठ्ठीभित्र लुकाएर ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपेको कथा छ । नेपालमा अधिकांश अरेविका कफि मात्र लगाएको पाईन्छ। अरेविकाको माउबोट टिपिका र बोर्बोनलाई मानिन्छ।

    यस्तै नेपालमा कफि विकाश केन्द्र गुल्मी, कृषि अनुसन्धान केन्द्र (बागबानी) मालेपाटन र कफी अनुसन्धान कार्यक्रम गुल्मीले गुल्मी स्थानिय, अर्घाखाँची स्थानिय, स्याङ्जा स्पेशल, क्षेत्रदिप, चन्द्रागिरि र पुरनचौर स्थानिय आदि नामले कफिको संकलन गरि अध्यान अनुसन्धान गर्नुका साथै नाम र जात विकाश गरिरहेको देखिन्छ।

    कफिमा पाईने तत्व र शरिरलाई हुने फाईदा बेफाईदाहरु:

    क्याफिन (Caffeine), अम्ल (chlorogenic acid) , गुलियो पदार्थ (carbohydrate), प्रोटिन (nitrogenous compound), बास्ना (volatile compund) र अन्य रसायन एन्टिअक्सिडेन्ट र कार्वोजाईलिक एसिड पाईन्छ।

    १. क्याफिन (caffeine): उत्तेजना र स्फुर्ति पैदा गर्दछ। मानसिक र शाररिक थकान मेटि अल्छि र निन्द्रा कम गराउन तथा जाँगरिलो बनाउन मदत गर्दछ। त्यस्तै ठण्डि हुँदा शरिरमा ताप पैदागरि न्यानो महसुस गराउँदछ।

    २. क्लोरोजेनिक एसिड: यो तितो र धातु स्वादसँग सम्बन्धित छ। एपिडेमियोलोजीकल अध्यन गर्दछ कि पोलिफेनोल युक्त पदार्थको सेवनले क्यानसर, कोरोनरी हृदयरोग र जलन कम गर्दछ। एन्टिडायबेटिक प्रभावको परिणामको रुपमा मोतियाबिन्दु बिकाशको रोकथाम, अल्जाईमर र संभावित जीवाणु रोधी गतिविधिमा कमि गराउँछ। हरियो कफी भन्दा भुटेको कफीमा यसको मान कमि हुन्छ। भुटेकोले अन्य गुणमा परिवर्तन गर्दछ।

    साईड ईफेक्ट: पेट दुख्ने, मतलवी, वान्ता र पखाला पनि निम्त्याउन सक्छ। केही संवेदनशील ब्यक्तिले हरियो कफीको गेडामा एलर्जीको प्रतिकृया देखाउँछन।

    ३. कार्बोहाईड्रेट: कार्बोहाईड्रेट शरिरमा शक्ति उत्पन्न गर्ने प्रमुख स्रोत हो। यसको स्वाद गुलियो हुन्छ। शरिरमा यो दुई प्रकारले माड अर्थात स्टार्च तथा चिनीबाट प्राप्त हुन्छ। तर यसको अत्याधिकताले मोटोपनको कारण असर गर्दछ। यस्तै अजिर्ण, मधुमेह र अतिसार आदि जस्ता रोगहरु पनि निम्त्याउन सक्दछ।

    ४. प्रोटिन: शरिरको कोशीका निर्माण र मर्मतमा ठूलो भुमिका निर्वाह गर्दछ। मुटु रोगको उपचारमा सहज हुन्छ भने अत्याधिक प्रयोगले मृगौलाको लागि हानिकारक हुन्छ।

    ५. एन्टिअक्सिडेन्ट: यसले छालाको लचिलोपनलाई बढाउँछ। हाम्रो शरिरको छाला प्राकृतिक रुपले जति मोस्चराईज हुन्छ उतिनै स्वस्थकर हुन्छ। छालाको साथ साथै आँखाको स्वास्थ्यलाई पनि राम्रो गर्दछ।

    ६. कार्बोक्सिलिक एसिड: यसको कम्जोर अमिलो स्वाद हुन्छ।

    कफि खेतिको लागि जलवायु:

    अरेविका कफि खेतिको लागि समुन्द्री सतहबाट ८०० – १६०० मिटर उचाईसम्म हिउँ र तुषारो नपर्ने,  कम्तिमा दैनिक ४/५ घण्टा घाम लाग्ने खुल्ला र पारिलो ठाउँ राम्रो हुन्छ। भने वार्षिक सरदर १५ – २५ डिग्री तापक्रम, ७०/८० प्रतिशत सापेक्षित आर्द्रता र १५०० – २००० मिलि वर्षा भए पुग्छ। कफिलाई १० डिग्री भन्दा तल र २८ डिग्री माथिको तापक्रम उपयुक्त हुँदैन।

    १० डिग्री भन्दा तलको तापक्रममा  कफि बाँच्न नसक्ने र २८ डिग्री भन्दा बढि तापक्रममा फल नलाग्ने तथा लागेको फलमा पनि गुणस्तर नहुने संभावना बढि रहन्छ।

    आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ८८ लाख रुपैयाँ बराबरको २६६ टन कफि आयात भएको भन्सार विभागको तथ्याङ्क छ। तर  पछिल्लो चरण भने नेपालमा पनि अर्गानिक कफिको संस्कार बढ्दै गएको पाईन्छ। यस हिसाबले नेपाली कफिको माग र आपुर्ति बिचको खाडल अझ ठुलो हुने देखिन्छ।

    माटो: कफिको लागि ज्वालामुखिबाट उठेको माटो उत्तम मानिए तापनि नेपालको सन्दर्भमा बलौटे र चिम्टे माटो बाहेक दोमट रातो, कालो र खैरो मलिलो तथा पिएच मान ५.५ देखि ६.५ भएको माटोमा कफि उत्पादन हुन्छ। त्यस्तै जमिन रोज्दा कम्तिमा ३ फिट (करिब १ मिटर) सम्म कुनै गग्रेन, पहिरो बघेको माटो र ठुलो ढुङ्गा वा पहाड नभएको पानी नजम्ने हल्का भिरालो जमिन छानेर खेति गर्दा राम्रो हुन्छ।

    छहारी: कफि पातलो वनलाई मन पराउने वनस्पति भएको हुनाले वन वा जङ्गल नभएको ठाउँमा खेति गर्दा हलुका छहारी दिनु अनिवार्य छ। यसरि छहारि रुखको ब्यवस्था गर्दा जमिनको उचाई र मोहडा अनुसारको ब्यवस्थापन देखि त्यसको वनस्पातिक गुणहरु जस्तो: सदाबहार या पतझर, अग्लोपन, हाँगाको फैलावट, जराको अवस्था, पात पतिङरबाट हुने फाईदा बेफाईदा साथै त्यस जात अर्थात बोटले दिने थप फाईदा समेत लेखाजोखा गरेर बिरुवा रोप्न सके कफि बाहेक छहारी रुख बिरुवाबाट अरु थप आम्दानि पनि लिन सकिन्छ।

    विश्व ब्यापार र उत्पादन:

    कफि एक सम्मानित पेय पदार्थ हो। जसको व्यापारिक हिसाबले विश्वमा पेट्रोलियम पदार्थ पछिको दोस्रो ठुलो परिमाणमा कारोबार हुने गर्दछ। “ईन्टरनेशनल कफि अर्गनाईजेसन (ICO) को सन २०१७ को एक तथ्याङ्क अनुसार विश्वमा दक्षिण एवं मध्य-अमेरिकामा ८५ प्रतिशत, अफ्रिकामा १० प्रतिशत र दक्षिण एसियामा ५ प्रतिशत गरि जम्मा वार्षिक ग्रीनबिन ९५ .५ लाख टन उत्पादन छ भने ९७ .५ लाख टन माग हुँदै आएको छ। यस हिसाबले अन्तरास्ट्रिय बजारमा २ लाख टन माग अपुग देखिन्छ।

    नेपाली कफि हिमालय क्षेत्रबाट बहने मन्द चिसो र शीतल हावापानी भएको मध्य-पहाडि क्षेत्रमा उत्पादन हुनुको साथै शुद्ध अर्गानिक विधिबाट उत्पादन गरिंदा उच्च गुणस्तर र स्वादिष्ट भै अन्तरास्ट्रिय बजारमा उच्च माग हुने गर्दछ। राष्ट्रिय चिया तथा कफि विकाश बोर्डको एक तथ्याङ्क अनुसार वार्षिक करिब १४,००० टन ग्रीनविन नेपाली कफिको माग हुँदै गर्दा जम्मा उत्पादन भने २८०० हेक्टरमा ५३० टन मात्र छ। नेपालको पूर्व देखि पश्चिमको मध्य-पहाडि क्षेत्रको करिब १२ लाख हेक्टर जमिनमा खेति गर्न सकिने अनुमान गरिएको छ।

    यसरि नेपालमा गुणस्तरिय कफि उत्पादनको प्रशस्त संभावना र अन्तरास्ट्रिय बजारमा उच्च माग हुँदाहुँदै हामि भने ब्यवसायिक खेति गरि अन्तरास्ट्रिय बजारमा निर्यात गर्नको साटो वार्षिक करोडौं रुपैँया बराबरको कमसल कफि आयात गरि उपभोग गरिरहेका छौं।

    आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ८८ लाख रुपैयाँ बराबरको २६६ टन कफि आयात भएको भन्सार विभागको तथ्याङ्क छ। तर  पछिल्लो चरण भने नेपालमा पनि अर्गानिक कफिको संस्कार बढ्दै गएको पाईन्छ। यस हिसाबले नेपाली कफिको माग र आपुर्ति बिचको खाडल अझ ठुलो हुने देखिन्छ।

    निष्कर्ष:

    नेपालमा कफि उत्पादनको राम्रो संभावना तथा अन्तरास्ट्रिय बजारमा उच्च माग भएपनि बजार अध्यन नगर्नु र नबुझ्नु साथै फाटफुट उत्पादन गर्ने किसानले पनि कम मात्रामा उत्पादन गर्नुले बजारमा पुराउन कठिन भएको देखिन्छ।

    सरकारले अनुदान सहितको चक्लाबन्दि खेति र एक पटकमा बिना एलसि ३० हजार अमेरिकन डलर सम्मको कफि निर्यात गर्ने छुट लगायतको थुप्रै सहायता तथा सहुलियत दिएपनि सुचना सबैको पहुँचमा नपुग्नु र प्रभावकारि ढङ्गले लागु नहुनु।

    बैंकहरुलाई कृषि कर्जा अनिवार्य गराए पनि कफि ब्यवसायले बैंकहरुको कर्जा कारोबार निति नियमसँग तालमेल नखानु आदि मुख्य कारणले केहि सुने बुझेका युवाहरु समेत कफि ब्यवसायमा बिश्वास नगरी रोजगारि खोज्दै विदेशिनुले उत्पादन बढ्न नसकेको देखिन्छ।

    यसर्थ सरकरले कफि ब्यवसायको लागि बेरोजगार युवा माझ प्रभावकारि ढङ्गले ब्यवसायिक तालिम र ईच्छुक ब्यवसायि किसानलाई सरल र सस्तो ब्याजमा ऋण उपलब्ध गराउनुको साथै उत्पादन खरिद बिक्रिमा बिचौलियालाई निरुत्साहित गर्दै भरपर्दो सम्झौता गरिदिने होभने उत्पादनको मात्रा बढ्ने र अन्तरास्ट्रिय बजारमा सधैं एकनास निर्यात भै देशको अर्थ-तन्त्रमा समेत थप टेवा पुग्ने देखिन्छ।

    लेखक योगेश्वर खालिङ राई कफि ब्यवसायी हुन् । उनको माप्य दुधकोशि -६, सोलुखुम्बुमा हिमालय नौलेक अर्गानिक कफि उत्पादन फर्म संचालनमा छ ।

    प्रतिक्रिया दिनुहोस