२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

समुन्द्रदेखि सगरमाथाको यात्रामा विश्वप्रसिद्ध जुडो खेलाडी सव्रिना

  • २०७८ चैत्र १, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– जुडो खेलकी प्रसिद्ध खेलाडी अष्ट्रियाकी सव्रिना फिल्जमोजर समुन्द्री सतहदेखि सगरमाथा आरोहणको यात्रामा निस्किएकी छन् । भारतको पश्चिम बंगालस्थित दिगा भन्ने समुन्द्री सतहदेखि उनी साइकल चढेर सगरमाथा आरोहणको यात्रामा निस्किएकी हुन् ।

    साइकल यात्रामा निस्किएको नवौं दिनमा उनी सोलुखुम्बु पुगेकी छन् । उनको साथमा अन्तराष्ट्रिय साईक्लिङ एथलेट तथा माउन्टेन बाईक क्रस कन्ट्रिकी साउथ एशियन विजेता लक्ष्मी मगर र साईक्लिङका भेटेरान राष्ट्रिय विजेता हर्क लामा छन् । भारतको दिगाबाट शुरु भएको साईक्लिङ यात्रा जोगवनी नाकाबाट विराटनगर हुँदै उदयपुरको गाईघाट–कटारी–ओखलढुंगा भएर सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका पुगेर टुंगिनेछ ।

    त्यहाँबाट सव्रिना पैदल हिँडेर सगरमाथा आरोहणका लागि आधारशिविर तर्फ लाग्नेछिन् । हर्क र लक्ष्मी फर्किनेछन् । अन्तराष्ट्रिय जुडो संघकी जलवायु परिवर्तन दुत समेत रहेकी सव्रिना जुडो खेलकी ओलम्पिक विजेता हुन् । ४२ वर्षिया उनी जेठी जुडो च्याम्पियन समेत हुन् । दिगादेखि सोलुखुम्बुसम्म करिब १ हजार भन्दा बढी किलोमिटर दुरी साईकलमा पार गर्ने र त्यसपछि बिना अक्सिजन सगरमाथा आरोहणको लागि जाने उनले बताइन् ।

    ‘कसरी उर्जालाई सञ्चित गर्ने र वातावरण संरक्षणका लागि यात्रा गर्ने भन्ने उद्देश्यका साथ समुन्द्रदेखि सगरमाथाको यात्रामा निस्किएकी हुँ ।’ ओखलढुंगा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै सव्रिनाले भनिन, ‘हामी केटाकेटीलाई विरुवा कसरी रोप्ने र प्रकृतिको संरक्षण कसरी गर्ने भन्ने विषयहरुमा सन्देश दिन चाहन्छाँ ।’

    अन्तराष्ट्रिय जुडो संघकी जलवायु परिवर्तन दुत समेत रहेकी सव्रिना जुडो खेलकी ओलम्पिक विजेता हुन् । ४२ वर्षिया उनी जेठी जुडो च्याम्पियन समेत हुन् ।

    उनले सन् २०१६ मै नेपालको मनास्लु हिमाल र २०१७ मा आमाडब्लम हिमालको आरोहण गरिसकेकी छन् । ‘सँधै सगरमाथा’ अर्थात ‘फरएभर एभरेष्ट’ नारा लिएर आरोहणका लागि निस्किएकी उनले ‘शान्तिका लागि जुडो खेल’को सन्देश दिने ब्यानर बोकेकी छन् । हाल रुस र युक्रेनबिच भएको युद्ध अन्त्य गरि शान्ति कायम गर्न अन्तराष्ट्रिय जुडो संघले अनुरोध गरिरहेको सव्रिनाले बताइन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन समेत जुडोका खेलाडी भएकोले संघले शान्तिका लागि काम गर्ने उनले बताइन् ।

    साइकल यात्राको क्रममा विराटनगरदेखि सोलुखुम्बुसम्म पर्यटनको अर्को नयाँ गन्तव्य बनाउन सकिने सम्भावना देखिएको साईक्लिष्ट लक्ष्मी मगरले बताइन् । ‘जोगवनी नाकाबाट विदेशी पर्यटक भित्रिएको घटना विरलै रहेछ ।’ लक्ष्मीले भनिन्, ‘हामीले त्यहाँबाट प्रवेश गर्दा धेरै मान्छे छक्क परे । वास्तवमा पर्यटनका नयाँ गन्तव्य र सम्भावना खोजी गर्न पनि यो यात्राले धेरै ठूलो महत्व राखेको छ ।’

     

    प्रतिक्रिया दिनुहोस