२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

माउन्टेन एकेडेमीका १६ विद्यार्थीले चुलु हिमाल आरोहण गरे

  • २०७९ अषाढ ८, बुधबार मा प्रकाशित १ साल अघि
  • मनाङ– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल माउन्टेन एकेडेमीको स्नातकोत्तर तहमा अध्ययनरत १६ विद्यार्थीले मनाङमा रहेको ६ हजार ३९ मीटर अग्लो चुल हिमाल आरोहण गरेका छन् ।
    मंगलबार आरोहण गरेका उनीहरु बुधबार मात्रै आधारशिविरदेखि तल झरेका छन् । मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) का पहिलो ब्याचका विद्यार्थीहरु, प्रशिक्षक, एकेडेमिक सुपरभाइजर सहित २१ जनाले चुलु हिमाल आरोहण गरेका हुन् ।
    पाठ्यक्रममा आधारित स्थलगत अध्ययन र अभ्यास अन्तर्गत उनीहरु हिमाल आरोहणका लागि जेठ २९ गते चुली हिमाल आरोहणका लागि गएका थिए । माउन्टेन एकेडेमीले नेपालमै एडभेञ्चर टुरिजम विषयमा हिमाल आरोहण अभ्यास सहितको पठनपाठन शुरु गरेको हो ।


    उनीहरुलाई प्रशिक्षकले हिमालमै आरोहण सम्बन्धि कला, सामाग्रीको प्रयोग, हिउ“ सम्बन्धी जानकारी, रोप फिक्सिङको तरिका, हिम पहिरोको जोखिम लगायतका अभ्यास गराएको आरोहणमै संलग्न एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराईले बताए ।
    आरोहणमा प्रमूख प्रशिक्षक छिरिङजाङबु शेर्पा, प्रशिक्षक आशिष गुरुङ लगायत अन्य माउन्टेन गाईडहरु समेत थिए । उनीहरु मंगलबार राती १ बजे ४ हजार ८ सय मीटरको आधारशिविरबाट आरोहणका लागि उकालो लागेका थिए । उनीहरुले बिहान ९ बजेर १५ मिनेटमा आरोहण गरे । स्थलगत अध्ययन तथा आरोहणको व्यवस्थापन अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्सपीडिशनले गरेको हो ।

    कम पानी पर्ने मनाङ र मुस्ताङमा मनसुनको बेला समेत हिमाल आरोहण गर्न सकिने पुष्टि भएको माउन्टेन एकेडेमीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस