२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

क्यान्सर परीक्षण तथा निशुःल्क उपचार शिविर हुँदै

  • २०७९ भाद्र २३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकाले पाठेघरको क्यान्स पहिचानका लागि शिविर आयोजना गरेको छ । पालिकाभित्रका महिला लक्षित निशुःल्क पाठेघरको मुखको क्यान्सर परिक्षण तथा उपचार शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाको आयोजनामा यही भदौ २८ र २९ गते ओखलढुंगा सामुदायिक अस्पतालमा शिविर आयोजना गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए । उनले भने, ‘मूख्य कुरा पालिका भित्रका महिलाका लागि शिविर आयोजना गरिएको हो, तर अन्य तहबाट पाठेघरको समस्या भएर आउने विरामीलाई समेत सकेजति सेवा दिने लक्ष्य छ ।’

    शिविरमा २५ देखी ४९ बर्ष उमेर समुहका विवाहित महिलाहरुलाई परीक्षणमा सहभागिता जनाउन नगरपालिकाले अपिल गरेको छ । स्त्री रोग विशेषज्ञ चिकित्सकहरुद्वारा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको परिक्षण तथा उपचार गरिने छ ।

    शिविर बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सञ्चालन गर्ने तालिका छ । जिल्लामै क्यान्स पहिचान तथा उपचार समेत सेवा दिने गरि सञ्चालन हुन लागेको यो शिविर संभवतः पहिलो हो ।

    प्रतिक्रिया दिनुहोस