२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओखलढुंगामा भारी मतान्तरसहित गठबनधनका खतिवडा निर्वाचित

  • २०७९ मंसिर ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा भारी मतसहित गठबन्धनका उम्मेदवार कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा निर्वाचित भएका छन् । खतिवडाले एमाले केन्द्रिय सदस्य र यज्ञराज सुनुवारलाई झण्डै ७ हजार मतान्तरले पराजित गरेका हुन् ।
    वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । खतिवडाका प्रतिद्वन्द्वि यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाए । उनीहरुबीच ६ हजार ८१८ मतान्तर छ ।

    २०७४ सालमा वाम गठबन्धन हुँदा सुनुवारले ५ हजार २५३ मतले खतिवडालाई पराजित गरेका थिए । त्यसबेला सुनुवारलाई साथ दिएको माओवादी र एमालेबाट फुटेर गठन भएको एकिकृत समाजवादी समेतको गठबन्धनले साथ दिएपछि खतिवडालाई जित सहज बनेको हो ।

    स्थानीय तहको वडा अध्यक्षको मत जोड्दा १० हजार बढी गठबन्धनको भोट देखिएकाले खतिवडाले जित्ने पूर्व आंकलन थियो । गठबन्धनको झण्डै ३ हजार मत सुनुवारले ताने पनि जित निकाल्न सकेनन् ।

    निर्वाचित भएपछि खतिवडालाई बधाइ दिदै सुनुवारले आफुले जितेर जिल्लाबासीको शिर निहुरिने कुनै काम नगरेको भन्दै खतिवडाको जित राष्ट्रिय स्वाभिमान विरुद्ध प्रयोग नहोस् भनेर शुभकामना व्यक्त गरे । खतिवडाले पनि आफ्नो जितले विकास नहार्ने, लोकतन्त्र नहार्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस