२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा: प्रदेश समानुपातिकमा कांग्रेस-एमालेबीच ३५१ मात्रै मतान्तर !

  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- जिल्लामा प्रदेश तर्फकाे समानुपातिक मत गणना सकिएकाे छ । प्रदेश सभाका २ निर्वाचन क्षेत्रकाे कूल ६४ हजार ९१४ मत गणना हुँदा झिनाे मतान्तरले नेपाली कांग्रेसले अग्रता पाएकाे छ ।

    गणना भएकामध्ये ६१ हजार ४०१ मत सदर भएकाे थियाे भने ३ हजार ५१३ मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

    गणना भएकाे मतमध्ये कांग्रेसले २५ हजार ७९ मत पाएकाे छ भने एमालेले २४ हजार ७२८ मत पाएकाे छ । दुइ पार्टीबीच  ३५१ मत मात्रै फरक छ । तेस्राे स्थानमा रहेकाे माओवादी केन्द्रले ५ हजार ९३३ मत पाएकाे छ ।

    जसपाले २ हजार ८२  राप्रपाले १ हजार १३० र एकिकृत समाजवादीले ८ सय १० मत पाएकाे छ ।

    हेराैं मत परिणाम 

    प्रतिक्रिया दिनुहोस