२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

मलकाे मूल्यमा मनपरि ! कालाे बजारी गरेकाे कृषककाे आराेप

  • २०७९ पौष ५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  माेलुङका किसानले पालिका ताेकेभन्दा बढी मूल्यमा रसायनिक मल किन्नु परेकाे गुनासाे गरेका छन् । किसानकाे समस्या समाधन गर्न पालिकाले आयतकर्ता छनाैट गरेर मूल्य समेत ताेकिदिएकाे थियाे ।

    साेही अनुसार मल ढुवानी भए पनि सप्लायर्सले भने किसानबाट अतिरिक्त मूल्य असुलेकाे पाइएकाे छ । पालिकाले मल ल्याउन बकु उन्नत ब‌ंगुर तथा पाेल्ट्री फर्मसहित २ आपूर्तिकर्ता छनाैट गरेकाेमा बकुले पालिकाले ताेकेकाे मूल्यभन्दा १९८ रुपैंया बढी लिएकाे गुनासाे छ । रामपुरका किसान सागर दाहालले मल १ हजार ४ सय तिरेर ल्याएकाे बताए । उनले पालिकाले ताेकेकाे मूल्य बजारमा १ हजार ३ सय भएकाे सुनेकाे नागरिक मिडियालाई बताएका थिए ।

    यद्यपि पालिकाले भने युरिया मलकाे मूल्य १ हजार २०२ रुपैया ताेकेकाे पाइएकाे छ । पालिकाले ताेकेभन्दा आयतकर्ताले १९८ रुपैंया बढी लिएर १ हजार ४ सयमा बेचेका हुन् । यसबारे पालिकाका सुचना अधिकृत सन्ताेष गाैतमले पालिकाले ताेकेभन्दा बढी मूल्य लिन नपाउने बताए । सबै हिसाब गरेर सप्लायर्सलाई मूल्य ताेकिएकाले अरु रकम लिन नपाइने र यसबारे अनुसन्धन हुने उनकाे भनाइ छ ।

    स्थानीय कृषकहरुले भने पालिकाका कृषि शाखा र अन्य पदाधिकारीहरुकाे समेत मिलेमताेमा किसानबाट युरिया मलमा बढी मूल्य असुलेकाे हुन सक्ने आशंका  गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस