२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेपाल रेडक्रस साेसाइटीमा दाहालकाे नेतृत्वमा सर्वसम्मत समिति चयन

  • २०७९ फागुन ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुङ्गा-  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाको सभापतिमा नारायण प्रसाद दाहाल सर्वसम्मत  चयन भएका छन् । फागनु ९–१० गते सम्पन्न शाखाको ३१ औं वार्षिक साधारण सभा साथै अधिवेशन बाट दाहाल सभातिमा चयन भएका हुन् ।

    समितिको उप सभापतिमा निलकमल भट्टराई, महिला उप सभापतिमा सानुमैया भुजेल, मन्त्रीमा नईन्द्रराज राई, कोषाध्यक्षमा कान्ती राजभण्डारी, उप मन्त्रीमा हरिकृष्ण ढुङ्गेल चयन भएका छन् ।

    यस्तै, उप कोषाध्यक्षमा गेजराज श्रेष्ठ, सदस्यहरुमा गोमा श्रेष्ठ, निर्मला खड्का (बस्नेत), गोमा श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, रुद्रप्रसाद अधिकारी, किरण राजभण्डारी, शिवप्रसाद ढुंगाना, ढलककृष्ण श्रेष्ठ, देवानन्द वाग्ले र जनक कुमार श्रेष्ठ चयन भएको श्रेष्ठले जानकारी दिए । भूकम्प लगायत विभिन्न विपत जन्य घटनामा रेडक्रस जिल्ला शाखा ओखलढुङ्गाले महत्वपुर्ण कार्य गरिरहेको छ ।

    जिल्ला अधिवेशनमा आका‌ंक्षी धेरै भएपछि सहमतिकाे प्रयासका लागि उद्याेग वाणिज्य संघ का अध्यक्ष ज्ञानेन्द्र मास्के पूर्व सभापति माेहनकुमार श्रेष्ठ, रुद्र अधिकारी लगायतले पहल कदमी लिएका थिए । सभापतिसहित सबै पदमा दुईभन्दा बढी उम्मदेवारी परेका थिए । सभापतिमा निवर्तमान सभापति सुमन राजभण्डारीले दाहाललाई सहमति गरेपछि हन्य पदहरुमा पनि सहमति भएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस