२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

नेकपा एसकाे सिद्धिचरण नगर अध्यक्षमा महेश श्रेष्ठ चयन

  • २०७९ फागुन २७, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीकाे सिद्धिचरण नगर कमिटी गठन भएकाे छ । कमिटीकाे अध्यक्षमा महेश श्रेष्ठ भएका छन् । नगर भेलाले श्रेष्ठकाे अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेकाे छ ।

    समितिकाे उपाध्यक्षमा नरसि‌ं बहादुर कार्की, सचिवमा मिनबहादुर खड्का, उप सचिवमा रमेश राेक्का चयन भएका छन् । त्यस्तै सुरेन्द्र दाहाल, इन्द्र नेपाली, तारा श्रेष्ठ, चन्द्र बहादुर परियार, प्रमाेद  दर्जी, पाेष्ट बहादुर लाेहार र लालकुमार पाेखरेल लगायत सदस्यहरु रहेका छन् ।

    पालिका कमिटीले १२ वडामा वडा कमिटी गठन गर्ने कार्ययाेजना समेत निर्माण गरेकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए  । भेलामा नेकपा एसका केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, जिल्ला अध्यक्ष मेखबहादुर खड्का जिल्ला उप सचिव शारदा निराैला लगायतकाे उपस्थिति रहेकाे थियाे । पालिका कमिटी चुस्त र सक्रिय हुनुपर्नेमा नेताहरुले जाेड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस