२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
दुर्घटनामा परेकाे बस रुम्जाटारबाट छुटेकाे थियाे

सिन्धुली दुर्घटना: ३ मृतककाे पहिचान, २९ घाइतेकाे उपचार हुँदै

  • २०७९ फागुन २८, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- रुम्जाटारबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कलस्थित कुइभीरमा दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये ३ जनाको सनाखत भएको छ ।

    सनाखत भएकामा सोही गाडीका सहचालक मानेभञ्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देबबहादुर सार्की, सिद्धिचरण नगरपालिका ३ का  पेशल भूजेल र उदयपुरको कटारी नगरपालिका २ बस्ने  कुमारी क्याप्छाकी मगर रहेका छन् ।

    अन्य २ महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घट्ना हुँदा २ महिला, १ बालिका र तीन जना पुरुषको मृत्यु भएको हो ।

    घाइतेमध्ये २२ जना खुर्कोटस्थित शुभजिवन अस्पताल तथा खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई हेलिकाेप्टरबाट काठमाण्डाै‌ लगिने जनाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस