२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

‘कम्युनिष्ट एकताकाे संभावना र चुनाैति’बारे विचार गाेष्ठी आयाेजना हुने

  • २०७९ चैत्र ८, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- जिल्लामा ‘कम्युनिष्ट एकताकाे संभावना र चुनाैति’बारे विचार गाेष्ठी आयाेजना हुने भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसरमा कार्यक्रम आयाेजना हुन लागेकाे हाे ।

    कार्यक्रमकाे आयाेजना  पुष्पलाल स्मृति प्रतिष्ठान र नर बहादुर कर्माचार्य स्मृती प्रतिष्ठानले संयुक्त रुपमा आयाेजना गर्ने तयारी छ । दुवै प्रतिष्ठानकाे जिल्ला समितिका पदाधिकारीहरुबीच भएकाे छलफलमा २०८० बैशाख १० गते कार्यक्रम आयाेजना  गर्ने सहमति भएकाे नेकपा एकिकृत समाजवादीका जिल्ला ईञ्चार्ज नेत्र भट्टराईले बताए ।

    छलफलमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका भट्टराई,  नर बहादुर कर्माचार्य स्मृती प्रतिष्ठानका अध्यक्ष नरेन्द्र खतिवडा, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पेशल खतिवडा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मेख बहादुर खड्का, माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज चम्पा कार्की लगायत नेताहरु सहभागी थिए ।

    कार्यक्रममा माक्सवादी चिन्तक तथा विष्लेषकबाट कार्यपत्र प्रस्तुत तथा टिप्पणी कार्यपत्रबारे छलफल र नेकपा निर्माणकाे वस्तुगत अवस्थाबारे चर्चा हुनेछ । कार्यक्रममा केन्द्रीय तथा जिल्लाका सिध्दान्तनिष्ठ नेता कार्यकर्ताहरु सहभागी हुने आयाेजककाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस