२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

सिद्धिचरणका २१ किसानलाई अनुदानमा ‘मिनि टिलर’

  • २०८० अषाढ १४, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षमा २१ जना किसानलाई  अनुदानमा मिनि टिलर अर्थात् हाते ट्याक्टर हस्तान्तरण गरेको छ ।

    नगरपालिकाको कृषि विकास शाखामार्फत मकै प्रबर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको  शाखा प्रमुख भिम दर्जीले बताए ।

    लम्पी स्किन रोगका कारण  गाइ गाेरु विरामी परेका र कतिपय मरेकाे अवस्थामा हाते ट्याक्टर वितरण प्रभावकारी हुने अपेक्षा गरिएकाे छ ।   किसानलाई आधुनिक खेतितर्फ आकर्षित गर्न नगरपालिकाले विभिन्न आधुनिक कृषि उपकरणहरु अनुदानमा  वितरण गर्दै आएकाे छ ।

    प्रतिक्रिया दिनुहोस