२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
सबै आवेदक छात्रवृत्तिमा छनाैट

ओखलढुंगा क्याम्पसले ८७ जना विद्यार्थीलाई छात्रवृत्ति बाड्दै, नयाँ भर्ना कात्तिकभर

  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- जिल्लाकाे सबैभन्दा पुरानाे शिक्षण संस्थाका रुपमा स्थापित ‌ओखलढुंगा क्याम्पस ओखलढुंगाले विभिन्न तह र स‌ंकायमा नियमित अध्ययन गर्ने गरिव, जेहन्दार, आदिवासी जनजाति, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने भएकाे छ ।

    शैक्षिक वर्ष २०७९ समुहका नियमित विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेर आवेदन गर्ने मध्ये विश्वविद्यालय अनुदान आयाेगले ताेकेकाे मापदण्ड अनुसार आयाेगकै आर्थिक सहयाेगमा छात्रवृत्ति वितरण गर्न लागेकाे हाे । यस पटक विभिन्न प्रकृतिका छात्रवृत्ति ८७ जनाले पाउने भएका छन् । पूर्ण, आंशिक तथा भर्ना शुल्कमा छात्रवृत्ति दिइने भएकाे छ ।

    पूर्ण छात्रवृत्ति पाउने स्नातक तहमा १८ जना छन् । तिमध्ये मानविकी तथा समाजिक शास्त्र स‌ंकायमा १ जना व्यवस्थापन संकायमा १० जना र शिक्षाशास्त्रमा ७ जना रहेका छन् । स्नातकाेत्तर तहमा शिक्षाशास्त्र तर्फ एक जना रहेकाे क्याम्पसले जनाएकाे छ । छात्रवृत्ति पाउनेहरुकाे ८३ जनाकाे विवरण प्रकाशन भएकाे छ ।

    क्याम्पसले नियमित कक्षा आउने र आवेदन दिएका सबैलाई छात्रवृत्तिका लागि छनाैट गरेकाे थियाे । याे सामुदायिक क्याम्पसमा तालिमप्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट हुने अध्यापन तथा नियमित कक्षा सञ्चालनले वार्षिक उतीर्णदर समेत अन्य क्याम्पसहरुकाे तुलनामा बढि देखिएकाे छ ।

    ओखलढुंगा क्याम्पसमा स्नातक तहमा वीएतर्फ समाजशास्त्र, अर्थशास्त्र र नेपाली पढाइ हुदै आएकाे छ । वीएड तर्फ अंग्रेजी नेपाली गणित अर्थशास्त्र स्वास्थ्य र जनसंख्या विषयमा पढाइ हुन्छ । विविएस तर्फ लेखाशास्त्र र व्यवस्थापन तथा एमएडमा पाठ्यक्रम र मूल्या‌कन, स्वास्थ्य शिक्षा पढाइ हुदै आएकाे छ ।

    अरु तीन जनालाई स्नातक तह नियमित अध्ययन गरुञ्जेल पूर्ण छात्रवृत्तिका लागि विश्वविद्यालय अनुदान आयाेगमा छनाैट भइ सिफारिस गरेकाे छ भने क्याम्पसकाे अक्षयकाेषबाट पूर्ण छात्रवृत्ति पाउने एक जना छनाैट गर्न बाँकी रहेकाे छ । क्याम्पसले छनाैट गरिसकेपछि सबैलाई एक साथ छात्रवृत्ति वितरण गर्ने तयारी भएकाे निमित्त क्याम्पस प्रमुख साेमनाथ पाेडेलले जानकारी दिए ।

    ओखलढुंगा क्याम्पसमा स्नातक तहमा वीएतर्फ समाजशास्त्र, अर्थशास्त्र र नेपाली पढाइ हुदै आएकाे छ । वीएड तर्फ अंग्रेजी नेपाली गणित अर्थशास्त्र स्वास्थ्य र जनसंख्या विषयमा पढाइ हुन्छ । विविएस तर्फ लेखाशास्त्र र व्यवस्थापन तथा एमएडमा पाठ्यक्रम र मूल्या‌कन, स्वास्थ्य शिक्षा पढाइ हुदै आएकाे छ ।

    यस वर्षबाट इन्टरनेट सुविधासहितकाे भर्चुअल कक्षा सञ्चालनकाे तयारी गरेकाे छ भने २०८० सालकाे भर्ना कात्तिकभर लिएर मंशिरदेखि पहिलाे वर्षका कक्षाहरु सञ्चालनकाे तयारी गरेकाे छ ।

    नामावली 

     

    प्रतिक्रिया दिनुहोस