२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

प्रचण्डको प्रश्न : के हामीले पूर्वराजा ज्ञानेन्द्रलाई सडक छाडनुपर्ने हो ?

  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • बुटवल-  प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सडक पूर्वराजा ज्ञानेन्द्र शाहलाई छोड्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।  बिहीबार बुटवलमा माओवादी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीहरु सडक जाने भनेको जनतालाई प्रशिक्षित गर्नका लागि भएको बताए ।

    माओवादी सरकारमा रहेर पनि सडक कब्जा गर्न लागेको भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाउदै प्रचण्डले आफूहरू जनतालाई माओवादी र गणतन्त्रको पक्षमा जानकारी दिन सडकमा जान लागेको प्रस्ट पारे । ‘सडक कब्जा गर्ने भनेको जनतालाई प्रशिक्षित गर्न खोजेको हो । अर्को भाषामा भन्ने हो भने सडक कब्जा पनि हो ,के हामीले ज्ञानेन्द्रलाई  सडक छाडिदिनु पर्ने हो ?’ प्रचण्डको प्रश्न छ ।

    उनले काठमाडौँ नेताहरूबीच सल्लाह गरेर नै वडा र पालिकास्तरका जनतालाई व्यापक परिचालन गरेर संविधान, लोकतन्त्र र माओवादीको रुपन्तारणको पक्षमा सम्झाउने बुझाउने तयारी भएको बताए ।  आफू प्रधानमन्त्री भएपछि देशमा सुशासन, न्याय र समृद्धिका कामहरु  भएको दाबी गर्दै ‘प्रचण्ड चाहिन्छ’ भन्ने पुष्टि भएको दावी उनको छ ।

    देशमा अझै धेरै गर्नुपर्ने काम बाँकी रहेकाले त्यसको लागि समाजवादको आधार निर्माण गर्न जरुरी रहेको भन्दै इतिहासमा काम गरेको थिए र ब्याज खान्छु भन्न नमिल्ने बताए ।

    प्रतिक्रिया दिनुहोस