२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

    नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।

    भूकम्पमा परी दुई जिल्लामा ६० जना बढीको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस