२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

एमाले नेता दयालद्वारा सल्लाहकार परिषद सदस्य अस्वीकार

  • २०८० मंसिर ७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- नेकपा एमालेका नेता तथा दलित समुदायका अगुवा ओमबहादुर दयालले एमालेकाे सल्लाहकार परिषद् सदस्य पद अस्वीकार गरेका छन् । काेसी प्रदेश कमिटीकाे बैठकले दयाललाई सल्लाहकार परिषद सदस्यमा मनाेतिन गरेकाे थियाे ।

    अन्तर कमिटि निर्देशनमा दयाल सहितका नेताहरुलाई मनाेनयन गरिएकाे जानकारी आएकाे थियाे । दयालले आफु प्रदेश सदस्यमा अधिवेशनमा प्रतिस्पर्धा गरेकाे र जिल्लाका नेताहरुले नै हराउन भूमिका खेलेकाे भन्दै असन्तुष्टि जनाएका थिए ।

    प्रदेश अधिवेशनमा दयालकाे समर्थक बसेका प्रतिनिधिलाई जिल्लाका ठूला भनिने नेताहरुले नै उम्मेदवार बनाएर हराउन अभियान नै चलाएका थिए ।

    जिल्लाकै नेताहरुले गुटबन्दी गरेर हराउने र साेधिखाेजी समेत नगरि मनाेनयन गरेकाे भन्दै उनले आक्राेश पाेखेका छन् । फेसबुक मार्फत उनले पद अस्वीकार गरेकाे जनाएका छन् । यस अघि अर्का पुराना नेता शेखर भट्टराईले पनि पार्टीभित्रकाे गुटबन्दी र निषेधकाे राजनीतिकाे तीव्र विराेध सहित मनाेनित पद अस्वीकार  गरेका छन् ।

    दयाले एमालेकाे राजनीतिमा पुराना र स्थापित नेता हुन् । उनले जिल्ला पार्टी कार्यलाय भवन निर्माण गर्न र कर्मचारी संगठनकाे भवन निर्माण गर्न निशुल्क जग्गा दान गरेका थिए । उनकै याेगदानमा एमाले र उ निकट कर्मचारी संगठनकाे संस्थागत विकास सम्भव भएकाे थियाे । २०७० सालकाे संविधान सभा निर्वाचनमा समानुपातिक उम्मेदवार रहेका दयाललाई सांसद भने एमालेले बनाएन ।

    संगठन निर्माण र निर्वाचन अभियानमा ठूलाे आर्थिक सहयाेग  समेत गरेका उनलाई एमालेका जिल्ला र प्रदेश कमिटीका नेताहरुले निषेध गर्न थालेपछि उनी असन्तुष्ट छन् ।

    हेर्नुहाेस् दयालकाे स्टाटस

    प्रतिक्रिया दिनुहोस