२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल उद्घाटन

जनप्रतिनिधिले विकास माग्दा ‘डीपीआर’ मागेका मन्त्री लिम्बुले भने- ‘मेराे काम पनि रामहरिले गर्छन्’

अध्यक्षकप विथाेलिने डरले प्रदेशकाे नामै गायव !

  • २०८० पौष १७, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा- यहाँका जनप्रतिनिधीहरुले खेलकुद मन्त्रीसँग जिल्लाका सबै पालिकामा खेलकुद पूर्वाधार बनाउने बजेट दिन ध्यानाकर्षण गराएका छन् । काेशी प्रदेश स्तरीय अन्तर पालिका अध्यक्षकप फुटबल प्रतियाेगिता उद्घाटन गर्न मानेभञ्ज्याङ आएका युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बु समक्ष पालिका अध्यक्षहरुले खेल क्षेत्रमा स‌ंघीय सरकारले पूर्वाधार निर्माणका लागि बजेट दिनु पर्नेमा जाेड दिएका थिए ।

    माेलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले सबै स्थानीय तहमा खेलकुदका पूर्वाधार बनाउन मन्त्रीकाे ध्यानाकर्षण गराए । उनले भने, ‘सकेसम्म सबै तहमा खेलकुदका न्यूनतम पूर्वाधार बनाउने र कम्तिमा जिल्लामा खेलकुदका व्यवस्थित पूर्वाधार बनाउन मन्त्रीज्यूकाे ध्यान जाओस् भन्न चाहान्छु ।’

    यस अघि  बाेल्ने मानेभञ्ज्याङ गाउँपालिका उपाध्यक्ष आश्रचन राई, चम्पादेवीका अध्यक्ष नवराज केशी, सुनकाेसीका अध्यक्ष कमल तामाङ र सिद्धिचरणका मेयर तेजन खनालले जिल्लाकाे खेलकुद क्षेत्रकाे विकासमा सरकारकाे महत्वपूर्ण भूमिका हुने भएकाले स‌ंघीय सरकारले  ध्यान दिजु पर्नेमा जाेड दिएका थिए  ।

    संघीय प्रतिनिधि सभाका सा‌ंसद रामहरि खतिवडाले यस वर्ष बजेट आइसकेपछि मन्त्री बन्नु भएकाले केही नभए पनि अर्काे साल मन्त्रीसँगकाे सहकार्यमा जिल्लामा राम्राे बजेट पार्ने आश्वासन दिए ।

    सा‌ंसद खतिवडाकाे भनाइपछि बाेलेका मन्त्री लिम्बुले पनि उनै तिर विकासका कामका जिम्मा तेर्याए । उनले भने- ‘यहाँका विकासका काममा तपाइहरुका माननीय रामहरि खतिवडाजीलाई नै म जिम्मा लगाउन चाहान्छु ।’ मन्त्री लिम्बुले पालिका अध्यक्षहरुकाे भनाइ सम्बाेधन गर्दै खेलकुदका याेजनाका निवेदन हाेइन विस्तृत परियाेजना प्रतिवेदन ल्याउन भन्दै अघि भने ‘म भन्न चाहान्छु कागजमा एउटा याेजनाकाे निवेदन हाेइन डिपीआर ल्याउनुस् सकेकाे काम गर्छु ।‍’

    प्रदेश स्तरकाे अध्यक्षकप फुटवल आयाेजना गर्ने मानेभञ्ज्याङ पहिलाे पालिका हाे । यसकाे राशी ५ लाख रहेकाे बताइएकाे छ । खेलकुद क्षेत्रमा यस पालिकाले राम्राे लगानी गरेर खेलमैदान निर्माण र खेलकुद प्रतियाेगिताहरु आयाेजना गर्दै आएकाे छ । यसै हप्ता मात्रै माेलीमा भलिबल र मंगलबारबाट उबूंकाे ब्ओकुला खेलमैदानमा फुटबल प्रतियाेगिता चलिरहेकाे छ ।

    यस अघि अध्यक्षकप भलिवल प्रतियाेगिता चिशंखुगढीले २०७६ सालबाट गर्दै आएकाे छ । प्रतियाेगितामा विभन्न जिल्लाका १८ टिम सहभागी छन् । मंगलबार भएकाे उद्घाटन खेलमा आयोजक मानेभञ्ज्याङले सुनकोशी गाउँपालिकालाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेकाे छ । बाँकी खेलहरु निरन्तर चल्ने गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।

    विथाेलिने डरले प्रदेशकाे नामै गायव !

    पहिचानवादीले काेसी प्रदेश लेखेर गरिने सबै कार्यक्रम विथाेल्ने त्रासका कारण गाउँपालिकाले प्रदेशकाे नाम कतै उल्लेख गरेन । प्रतियाेगिताकाे ब्यानरमा ‘अन्तर प्रदेश स्थानीय तह स्तरीय अध्यक्ष कप फुटवल प्रतियाेगिता २०८०’ लेखिएकाे छ । प्रदेशकाे नाम नभएपछि कुन प्रदेशका स्थानीय तह स्तरीय प्रतियाेगिता हाे भनेर मञ्चमै खासखुस चलेकाे थियाे ।

    यही प्रदेशकाे नाम बिनाकाे प्रतियाेगिता उद्घाटन गरेर संघीय सरकारका मन्त्री लिम्बु काठमाण्डाैं फर्किएका छन् । नाम उल्लेख नभएकाे विषयमा अनाैपचारिक रुपमा पालिकाका पदाधिकारीहरु पहिचानवादीकाे दवावका कारण यसाे गरेकाे भनेर पन्छिने गरेकाे स्थानीय बताउँछन् । नाम उल्लेख नभएपछि कार्यक्रममा पहिचानवादीहरुकाे कुनै असहयाेग नभएकाे बताइन्छ ।

    उसाे त प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समेत तमु ल्हाेसारकाे शुभकामना दिदा प्रदेशकाे नाम उल्लेख नभएकाे लेटरप्याड प्रयाेग गरेका थिए । सामाजिक सञ्जालमा चर्काे विराेधपछि पु:न अर्काे शुभकामना काेसि प्रदेश उल्लेख गरेर दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस