२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

सहमतिकाे बाधक हाेइन, चुनाव भए प्रतिस्पर्धा गर्छु: कार्की

  • २०८० चैत्र २५, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे १० औं जिल्ला अधिवेशनमा अध्यक्षकाे दावेदार महिला नेतृ सरस्वती कार्की तारा ले सहमतिका लागि आफुँले अध्यक्ष पदमा दावी गरेकाे बताएकी छिन् ।

    उनले नागरिक मिडियासँग कुरा गर्दै आफुँ सहमतिकाे बाधक नभए पनि चुनाव हुने स्थितिमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताइन् । जिल्ला अध्यक्षकाे दावी गर्ने ओखलढुंगा एमालेकाे इतिहासमा उनी पहिलाे महिला हुन् ।

    यस अघि एमाले काेशी प्रदेश कमिटी सदस्य भएर काम गरेकाे र सुनकाेसी गाउँपालिकाकाे उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकाे उनीसँग अनुभव छ । जिल्लामा गुट उपगुट बन्न थालेकाले आफुँले त्यसलाई राेक्न सर्वसम्मत नेतृत्व चयनका लागि दवाव दिने र चुनावमा जाने अवस्थामा अध्यक्ष नछाड्ने बताइन् ।

    युवा पुस्ता र महिलाहरुकाे साथ रहेकाे भन्दै उनले  हुँदा जित्ने अवस्था रहेकाे दावी पनि गरिन् । आफ्नाे दावेदारी गुट अन्त्य र मिसन २०८४ पुरा गर्ने उद्देश्यले रहेकाे जानकारी दिइन् ।  युवा नेताहरु प्रदेश सदस्य उमेश कार्की र युवा सुजन घिमिरेले कार्कीलाई साथ र सहयाेग रहने बताए । उनीहरुले अध्यक्षमा आफूलाई सघाउने बताएकाे कार्कीकाे भनाइ छ ।

    साेमबारदेखि शुरु हुने अधिवेशनमा  अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष तथा स‌विधान सभा सदस्य हर्कबाेल राई, नेता जिबी खड्का र नानीबाबु बुढाथाेकी आकांक्षी छन् ।

    प्रतिक्रिया दिनुहोस