२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

आजबाट दोस्रो ओखलढुंगा महोत्सव, खुल्ला नृत्य प्रतियाेगिता पनि हुँदै !

  • २०८१ बैशाख ५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ओखलढुंगा- आजबाट दोस्रो ओखलढुंगा महोत्सव २०८१ ओखलढुंगा सदरमुकाममा सुरु हुँदैछ । ओखलढुंगा उद्याेग बाणिज्य संघ र एआइके ग्रुप काठमाण्डाैंले महाेत्सव आयाेजना गरेकाे हाे । बैशाख १५ गतेसम्म चल्ने महाेत्सव स्थानीय खेल मैदानमा हुनेछ ।

    महाेत्सवमा विभिन्न खाद्य तथा कपडा लगायत उपभाेग्य वस्तुहरुका स्टल राखिने र सस्ताे मुल्यमा उपलब्ध हुने आयाेजकले जनाएकाे छ । दैनिक राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरुकाे प्रस्तुति रहने र आज उद्घाट अपराह्न १२ बजेपछि हुने बताइएकाे छ ।

    विभिन्न झाँकीहरु प्रस्तुत गरिने र उद्घाटन पछि खुल्ला नृत्य प्रतियाेगिता राखिएकाे सह आयाेजक एआइके ग्रुपका अजय न्याैपानेले जनाए ।

     

     

    प्रतिक्रिया दिनुहोस