२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

आगलागीमा परि ओखलढुंगामा एकै परिवारका दुई जनाकाे मृत्यु

  • २०८१ बैशाख २४, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • ओखलढुंगा- आगलागीमा परेर सिद्धिचरण नगरपालिका वडा नं. २ मा एकै परिवारका दुई जनाको ज्यान गएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर सिद्धिचरण नगरपालिका १० स्थित ५५ वर्षीया पुन्यमाया धमला र निजका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिष्टार सिंहका अनुसार खरबारीमा लागेको आगो काटेर राखेको खरको थुप्रो जोगाउने क्रममा जलेर मृत्यु भएको हो । स्थानीयले घटनाबारे खबर गरेपछि प्रहरी खटाइएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जनाए ।गाः आगलागीमा परेर सिद्धिचरण नगरपालिका वडा नं. २ मा दुई जनाको ज्यान गएको छ ।

    खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर सिद्धिचरण नगरपालिका १० स्थित ५५ वर्षीया पुन्यमाया धमला र निजका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिष्टार सिंहका अनुसार खरबारीमा लागेको आगो काटेर राखेको खरको थुप्रो जोगाउने क्रममा जलेर मृत्यु भएको हो । स्थानीयले घटनाबारे खबर गरेपछि प्रहरी खटाइएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जनाए ।

    प्रतिक्रिया दिनुहोस