ओखलढुंगा- प्रदेश नं १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशभित्रका अत्याधुनिक कभर्डहल र खेलमैदान नभएका सबै जिल्लामा आगामी वर्षकाे बजेट मार्फत निर्माण कार्य शुरु गरिने बताएका छन् ।
नेकपा एकिकृत समाजवादीका पाेलिटव्यूराे सदस्य समेत रहेका मन्त्री राईले ओखलढुंगाकाे खिजिदेम्वामा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्ने पनि घाेषणा गरे । उनले स्थानीयलाई जग्गा व्यवस्थापन गर्न पनि आग्रह गरे ।
खिजिदेम्वामा पसी शेर्पा ट्रष्टले आयाेजना गरेकाे पसी शेर्पा स्मृति रनिङ शिल्ड भलिवल प्रतियाेगिता उद्घाटन गर्दै मन्त्री राईले खेल क्षेत्रमा व्यापक सुधार र विकासका लागि खेलकुद नीति आवश्यक रहेका बताए ।
कार्यक्रम उद्घाटनपछि उनी एकिकृत समाजवादीकाे कार्यकर्ता भेटघाटका लागि बिहीबार सदरमुकाम आएका छन् । रनिङ शिल्ड भलिवल प्रतियाेगितामा ७ महिला र १४ पुरुष टिम सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस