२०८१ कार्तिक २६, सोमबार | Mon, 11, Nov, 2024

समाजमा सकारात्मक कामकाे सन्देश पनि प्रवाह गर्नुपर्छ: एमाले

  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ओखलढुंगा- नेकपा एमालेका नेताहरुले समाज नकारात्मकता तर्फ मात्र गइरहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्लास्थित माेर्चा स‌ंगठनकाे बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले समाजमा भत्किएकाे र विग्रिएकाे मात्रै सन्देश प्रवाह हुँना निराशा र नकारात्मकता बढेकाे बताए ।

    सञ्चारकर्मीहरुले गलत कामकाे खबरदारी र असल कामकाे प्रचार सँगै गर्नु पर्नेमा नेताहरुकाे जाेड थियाे । एमाले केन्द्रिय सदस्य तथा ईञ्चार्ज यज्ञराज सुनुवारले जिल्लामा २०७० पछि भएका कामकाे मूल्यांकन र समिक्षा नभएकाे बताए । उनले सडक विजुली र पूर्वाधार निर्माणमा क्रान्ति नै भएकाे बताए । उनले भने ‘गलत भएका पनि हाेलान् तर सबै गलत छैनन्, समाजलाई आशावादी बनाउन उज्यालाे पनि देखाउनु पर्छ याे काम सञ्चारकर्मीहरुले गर्नुपर्छ ।’

    एमाले कांग्रेस सरकार बारे सुनुवारले दुई प्रतिस्पर्धी दल भए पनि जिल्लाकाे विकासमा हातेमालाे गरेर काम गर्ने बताए । उनले कांग्रेससँग छलफल गरेर जिल्लाका साझा एजेण्डामा काम गर्न आफुले प्रस्ताव गरेकाे पनि जानकारी दिए ।

    एमालेका जिल्ला अध्यक्ष जिवी खड्काले गतल कामकाे खबरदारी र असल कामकाे प्रचार गरेर समाजलाई निराशाबाट बाहिर निकाल्नु पर्ने समय आएकाे बताए । उनले पत्रकारहरुले असल काम पनि स‌ँगसँगै लेख्नु पर्नेमा जाेड दिए ।

    जिल्ला कमिटीका उप सचिव तथा प्रचार विभाग प्रमुख राजीव कट्वालले सञ्चार माध्यमले वस्तुनिष्ठ समिक्षा गर्न सक्नु पर्ने बताए । सञ्चारकर्मीहरुले नेताहरुलाई पत्रकारिताकाे मर्म र सीमा बुझ्न आग्रह गरेका थिए र

    प्रतिक्रिया दिनुहोस