२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

चिनियाँ नेता र माधव नेपालबीच सम्वाद

  • २०७८ फागुन १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख चेङ झाउले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग एमसीसीबारे चासो राखेका छन्। उपप्रमुख झाउले भर्चुअल सम्वाद गरी नेपालसँग एमसीसीबारे चासो राखेका हुन्।

    सम्वादका क्रममा उनले नेपाली जनताले स्वतन्त्ररुपमा चाहेको विकास परियोजनामा लगानी गर्न चीन तयार रहेको बताएका थिए। यता नेकपा एसका अध्यक्ष नेपालले एक चिनियाँ नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपालमा ‘एन्टी चाइना’ गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए।

    बुधबारमात्रै चीनको विदेश मन्त्रालयकी प्रवक्ताले एमसीसीलाई लिएर कडा टिप्पणी गरेकी थिइन्। उनले अमेरिकाले एमसीसीलाई ‘अल्टिमेटमसहितको कस्तो उपहार हो’ भन्दै आश्चर्य भएको बताएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस