२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ओखलढुंगा क्याम्पस, ओखलढुंगाकाे क्याम्पस प्रमुखमा तिमल्सेना

  • २०८१ जेष्ठ १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- ओखलढुंगा क्याम्पस  ओखलढुंगाकाे क्याम्पस प्रमुखमा इन्द्रप्रसाद तिमल्सेना (ईश्वर) नियुक्त भएका छन् । शुक्रबार क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माेहनकुमार श्रेष्ठले नियुक्तिपत्र हस्तान्तरण गरे ।

    क्याम्पस प्रमुख छनाैट समितिले लिखित र माैखिक परीक्षा तथा क्याम्पस विकास प्रस्ताव मूल्या‌ंकन गरेर गरेकाे सिफारिसका आधारमा तिमल्सेनालाई क्याम्पस व्यवस्थापन समितिले प्रमुख पदमा नियुक्त गरेकाे हाे ।

    पदभार ग्रहण गर्दै प्रमुख तिमल्सेनाले क्याम्पसलाई नयाँ गति दिने र गुणस्तर वृद्धि गर्ने याेजना प्रस्तुत गरेका थिए । उनीसँग साेताङ क्याम्पस साेलुखुम्बुकाे प्रमुख भएर काम गरेकाे ११ वर्षकाे अनुभव छ ।

    प्रतिक्रिया दिनुहोस