२०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022

अब स्वतन्त्र नै ‘सुपरहिरो’ हुन त ?

  • ,
  • २०७९ श्रावण २९, आईतबार मा प्रकाशित १ महिना अघि
  • नेपाली राजनीतिले देशको सर्वत्र कर्मचारीतन्त्र, न्यायलय, विश्वविद्धालय सबैलाई असर पुर्यायो । निष्ठा, बिचार र सिद्धान्त समेत सिध्याए पछि अब नेपाली राजनीतिले राजनीति लाई नै सिध्याउने त हैन ?

    बढ्दो भद्रगोल माझ गोल हान्ने उदेश्यले स्वतन्त्रको आबरणमा अनगिन्ती उम्मेदवार प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन तम्तयार देखिन्छन् । स्वतन्त्र उम्मेदवारीको अन्धाधुन्ध वकालतले कतै प्रतिगामी तत्वहरुको पक्षपोषण त हुने हैन ? के पुराना दलहरु कतै मिति सकिएका ओखती त बनेका हैनन? आखिर किन स्वतन्त्र हरुलाइ सुपरहिरो बनाउन खोजिदै छ ?

    अहिले नेपालमा तीन किसिमका तर्फ बितर्क गुन्जिरहेको सुनिन्छ । पहिलो खालको तर्कवाला राजनितिज्ञ हरु भन्छन,स्वतन्त्रको जति नै चुरिफुरी देखिए पनि उनिहरु कहि नपुग्ने यात्राका यात्रिहरु हुन।

    स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले नाटकिय रुपमा सफलता प्राप्त गरेकै हुन।यद्यपि एक अंश नै पुर्ण बनेको जस्तै गरि स्वतन्त्र पात्रहरू सामाजिक संजालहरुमा छ्यापछ्याप्ति छाइदिएपछि आजिबन राजनीतिमा त्याग गरेकाहरु समेत अदृश्यकरण को शिकार बन्न पुगेकोमा उनिहरु दुखि देखिन्छन्। यसर्थ उनिहरु भन्छन,स्वतन्त्रको बिजय उत्सब पानीका फोका शिवाय केही होइन ।

    क्षणिक जितमा रमाएर केही हुदैन।स्वतन्त्रको आधिंहुरी उनिहरुको बिचारमा केबल पानी नपार्ने बादल मात्रै हो।उनिहरु भन्छन, दलको बिकल्प दल नै हुन्छ । कुनै स्थापित दल कुहियो या गनायो भने त्यसको बिकल्प केबल स्वतन्त्र मात्रै हो त ? सबैको समय आउँछ र जान्छ। नवीन समयमा मिती सकिएको ओखती झै कतिपय काम नलाग्ने बन्लान तर तिनको बिकल्प स्वतन्त्र मात्र होइन।

    पारपाचुके भएको वा छोराछोरी बिग्रिएको देखेर बिहे नै नगर्ने भन्ने कुरा हुनै सक्दैन।राजनीतिमा स्वतन्त्र भन्ने नै हुदैन। स्वतन्त्र, मिलमिलाप, गठबन्धन, आलोपालो जस्ता कुरा राजनितीक टर्मिनोलोजि हुदै हुदैनन् र हुन पनि सक्दैनन्। स्वतन्त्र भन्ने कुरा रक्षात्मक पनि होइन। राजनीतिमा स्वतन्त्र पुरै पलायनबादि कुरा हो।

    ऐतिहासिक आवश्यकताले नवीन विचार,सिद्धान्त र दलहरु निर्माण गर्दछ। विचार,सिद्धान्त र संगठन कुनै व्यक्ति विशेषका लागि बनेको होइन। विविधतापूर्ण समाज,समुदाय र पुरै प्रकृतिको रक्षाका लागि पनि यो अपरिहार्य हुन्छ। यसर्थ दलको विकल्प स्वतन्त्र कदापि हुनै सक्दैन।

    स्वतन्त्र उम्मेदवार बन्न तम्तयार जमात लाई संगठित गर्न भन्दै हरेक समूह देशमंचनको नाटक गर्दै हिडेका दृष्यहरु आजभोलि सामाजिक संजालमा जताततै देख्न सकिन्छ।

    उनीहरुको मनभित्र के अभिप्राय: छ त्यो त यसै भन्न सकिने अबस्थामा देखिदैन तर उनिहरुको ओठे बोलिले भने भनिरहेको देखिन्छ कि अब दलहरूले मुलुक हाक्न सक्ने अवस्था छैन। त्यसैले अब मुलुक बचाउने उनै सुपरम्यान स्वतन्त्र मात्रै हुन।मतलब उनिहरुको बिचारमा स्वतन्त्रको संजालले मात्रै निकास निकाल्न सक्छ।

    ऐतिहासिक आवश्यकताले नवीन विचार,सिद्धान्त र दलहरु निर्माण गर्दछ। विचार,सिद्धान्त र संगठन कुनै व्यक्ति विशेषका लागि बनेको होइन। विविधतापूर्ण समाज,समुदाय र पुरै प्रकृतिको रक्षाका लागि पनि यो अपरिहार्य हुन्छ। यसर्थ दलको विकल्प स्वतन्त्र कदापि हुनै सक्दैन।

    तर यदि उनिहरुको बोली ,वचन चालचलन राम्रोसँग नियाल्ने हो भने धर्म, लिङ्ग ,जाति क्षेत्र कुनैपनी कोणबाट स्वतन्त्र जस्तो देख्न सकिदैन। अझै अमुर्त पाटोभित्र पसेर हेर्ने हो भने स्वतन्त्र भित्र पनि षड्यन्त्र नै षड्यन्त्र देख्न बेर लाग्दैन।निरपेक्ष रुपमा स्वतन्त्र बन्न बुद्धले कति कष्ट र तपस्या गरेका थिए तैपनि बुद्ध सापेक्ष संसारमै फर्किएका थिए।

    कुनै एक धर्म सापेक्ष व्यक्ति स्वतन्त्र प्राणी हुन सक्छन् र ?  यस्ता आलोचनात्मक प्रश्न उठाउदै गएमा को स्वतन्त्र,कस्तो स्वतन्त्र  र के को स्वतन्त्र भन्दै व्यक्ति बिशेषको लेखाजोखा गर्दै जानुपर्ने हुन्छ र अन्ततः स्वतन्त्र शब्द निकै चिप्लो र अझै चिप्लो बन्दै जानेछ।अझ अर्को तेस्रो तर्ककसंग खेल्न खोज्ने व्यक्तिहरु पनि प्रशस्त भेटिन्छन्।

    अहिले देशमा स्वतन्त्रको आधिहुरी आएको छ। पुराना दलप्रति जनताको बिश्वास टुुटिसकेको छ। नयाँ दल बनाउने अवस्था पनि देखिदैन। कुनै वेवारिसे दललाई भित्र भित्रै सकृय गराउने,स्वतन्त्र दलको हल्ला पनि फिजाउदै गर्ने,संसदीय निर्वाचन आउन अब थोरै मात्र समय रहेका कारण स्वतन्त्र बाटै अघि बढ्ने माहोल बन्दै गए, स्वतन्त्र उम्मेदवार बन्ने र नयाँ दलतिर माहोल सोझिदै गयो भने कुनैपनि राजनितीक दलको उम्मेदवार बन्ने। यस्तो घुलमिले स्वतन्त्र पनि सतहमा देखिदैछ,जो निकै दोधारे संकटमा तड्पिरहेका देखिन्छन्।

    एकातिर स्वतन्त्र उम्मेदवार बनेर उभिदा समानुपातिक भोट गुमाउनुपर्ने हुन्छ भने अर्कातिर दल बोकेर अघि बढ्ने आट पनि देखिन्न।कुनै दलसँग भित्री साठगाठ गर्दै अघि बढ्दा कतिबेला घर न घाटको हुने हो निश्चित हुँदैन। स्वतन्त्रलाई स्थानिय निर्वाचनामा जस्तो अनुकूल वातावरण संसदीय निर्वाचनमा देखिदैन। स्वतन्त्र ब्राण्ड अब पात्रबाट प्रबृत्ति बनिसकेको छ।

    हर्क साङपाङ साच्चिकै भुइ तहबाट उठेका अभियान्ता हुन।श्रमजीवी साङपाङ जस्तै छन त अरु स्वतन्त्र बाट उठेका उम्मेदवार ? कोहि स्वतन्त्र बौद्धिक, कोही सार्वजनिक बुद्धिजीवी बन्न सक्लान्, जो स्वाधीनताको हिसाबले बढी प्रखर देखिन सक्छन् । सार्वजनिक बुद्धिजीवी कुनै दलसँग साँठगाँठ नगरिकनै साधा जीवन बाच्न सक्दछ।

    पैदल हिड्दै, साइकल चढ्दै, पोलेको मकै खादै साधा जीवन बाच्न सक्दछ त केवल बुद्धिजीवी मात्र । तर, के सत्ता केन्द्रित राजनीतिमा त्यो सम्भव छ त ? के हर्क जस्तै अन्य कोहि देखिन्छन् त ? हुन त हर्क साङपाङको पनि परीक्षा हुन बाँकि नै छ । तर मेयर बन्नुअघि समाजप्रति उनले दिएको योगदान अनि उनको जस्तो सरल जीवन अहिले स्वतन्त्र उठ्न तयार उम्मेदवार हरुले देखाएका छन त ?

    हामी सबैलाई थाहा छ आवश्यकता र बिलाशिता फरक कुरा हुन।किनकि हिजो साइकल चढेर बजार धाउने साङपाङ आजपनि साइकल नै चढेर कार्यलय धाउनुुुपर्छ भन्ने हुदैन। तर हिजो उनलेे हिडेको बाटोमा आज उनले पजेरो चढेर जादै गर्दा के ती बाटो हरुमा उढ्ने माटोहरुको गन्ध उनको नाकसम्म पुग्न नसक्ला त ?

    यहाँ यो एक हर्क साङपाङको उदाहरण मात्र लिएर नजिकिदै गरेको संघ र प्रदेशको चुनावमा उम्मेदवारी दिएर स्वतन्त्र उठ्न लालायित उम्मेदवार माथि प्रश्न मात्र गर्न खोजेको हो। मतलब त्यस्तो उम्मेदवार जो मन, वचन र कर्मले नै सरल जीवन बाचिरहेका छन् र समाजमा केही आमूल परिवर्तन गर्छु भनेर हिडिरहेका छन्।जो भिडमा होइन एक्लो उभिएर चिच्याइरहेका छन्।

    स्वतन्त्र भन्नेहरु कोहि एमसीसी मुर्दावाद भन्नेहरु देखिन्छन्, कोही एमसीसी जिन्दावाद भन्नेहरु पनि भेटिन्छन्। कोहि राजा आउ देश बचाउ भन्ने नाराहरु घन्काउदै गरेका पनि छन्। कतिपय भातको प्रत्येक गाँस विदेशी रक्सि र बियर लिएर निल्नेहरु पनि छन्। कोहि ज्यतिषले गर्दा जितियो भन्दै हिडिरहेका छन्। कोहि बन्दुक बोकेका पृष्ठभूमिका मानिसहरु आफुलाइ आजिवन क्रान्तिकारी भनेर चिनाउदै हिड्दै छन् ।

    कतिपय दलले टिकट नदिएपछि रातारात स्वतन्त्र बन्नेहरु पनि छन्। स्थानीय निर्वाचनमा काठमाडौंमा मात्रै ५६ जनाले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार थिए। एक हातको ‍लामा गन्न सक्नेको अनुहार हामीलाई अहिलेसम्म पनि याद छैन। ५६ जनाको मात्र रंङ्ग र ढंग राम्ररी नियाल्ने हो भने कति कति बहुरुपि स्वरुपहरु स्वतन्त्रको आवरण भित्र भेटिएलान्।

    न त बिचार सिद्धान्त न त संगठन नै छ।भोलि उठेर कहाँ जाने,के गर्ने केही ठेगान देखिन्न,फर्कि आउने हो कि हैन केही थाहा छैन, उनिहरुको कर्म र गन्तव्य हेर्दा यस्तो लाग्छ कि अन्धाधुन्ध हानेको गुलेलिले झरे आँप खेर गए झटारो नै हो भन्ने दर्साउछ।अनेक स्वरुपका स्वतन्त्रका संजाल बनाउने सकृय केही समूह अहिले अस्तित्वमा आएको देखिन्छ।

    आफुलाइ स्वतन्त्र भन्दै संजालरुपि संगठन निर्माणको पहल आफैेमा बिरोधाभाष हैन र ? सबै रङहरु एकै ठाउँमा मिसाउदा कस्तो रङ बन्छ यकिन गर्न सकिन्न।बिचार,सिद्धान्त र संगठनबिहिन सम्मेलनको दृष्य कस्तो रंग र ढंगामा देखा पर्ला ? अनेक रङ्ग र ढंगका स्वतन्त्रहरु जोड्ने बिचार कुन पृष्ठभूमि बाट आएको होला बुझिसक्नु छैन।

    सिद्धान्त भन्दा माथि देशको नारा घन्काउने रबिन्द्र मिश्र बिचारबिहिन बन्दै जादा उनकै भाषामा भन्नुपर्दा आफु त खुइलिए  र साझा पार्टि पनि सिधा्याए।बिचारबिहिन ढंगले नै सबथोक शैलीमा जादैन। रबि लामिछाने अघि बढेमा उनी पनि मिश्र झै खुइलिन पनि समय नलाग्न सक्ला ।

    देशमा बैदेशिक हस्तक्षेप दिन प्रतिदिन बढ्दो छ। यस्तो समयमा बृहत् सामुदायिक शक्ति सम्पन्न राजनीतिक संगठन बलियो बन्न सक्नु पर्छ। कतै स्वतन्त्र भित्र षड्यन्त्र त छैन ? मार्च, माओदेखि  लेलिन सम्मका सबै जस्ता व्यक्तिहरु, विश्वव्यापी प्रख्यात चिन्तक, अभियान्ता, संगठनका पक्षधर हुन्। यद्यपि तिनले बिचारबिहिन हरुको संगठनको वकालत कदापि गरेनन्। संगठन बिना बिचार रहदैन र विचार बिना पनि संगठन रहदैन।

    पूँजिवादका पृष्टपोषक हरु व्यक्तिबादमा बिश्वास गर्छन तर बहुराष्ट्रिय संगठनहरु भने सदैव बनाइरहन्छन्।आफ्ना स्वार्थि चाहाना पूर्तिका लागि सांगठनिक शक्ति प्रयोग गर्नेहरु पनि मानव सभ्यताको विकासक्रम देखि अहिलेसम्म अस्तित्वमा देखिन्छन्। स्वार्थ केन्द्रित संगठित शक्तिलाई तोड्न तथा आम उत्पिडितका अधिकार रक्षाका लागि पनि  उन्मुक्तिमैत्री संगठन अपरिहार्य देखिन्छ।

    खराब संगठिक शक्तिको हैकमलाई तोड्न उत्पिडित हरु अझ थप संगठित बन्नैपर्छ। स्वतन्त्र,स्वाधीन र बौद्धिक वर्गले उनीलाई सघाउनु पर्दछ।सामुहिक शक्तिलाइ फुटाउन सकृय प्रतिकृयावादीहरु बिरुद्ध सामुहिकतावादी चेतनाको निर्माण गर्नुपर्दछ। पुजिवादि विचारलाई परास्त गर्न पनि ठुलाठुला बहुराष्ट्रीय संगठनहरु अहिले सकृय बनेको देखिन्छ। एमसीसी तथा पुजीवादी परियोजना परिचालन गर्न त कत्रा कत्रा सांगठनिक शक्ति खर्चिएर आएको दृष्यहरु हाम्रो आँखा अगाडि सल्बलाइरहेका छन्।

    सामाजिक संजाल,भ्युजिअल प्लेटफर्म,मिडिया आदिपनि पुजीवादी सांगठनिक शक्तिकै श्रोतहरु हुन।स्वतन्त्र रुपि एक विचार विहिनले शक्तिशाली संगठन तोड्न कदापि सक्दैन। कर्म र विचार विहिन स्वतन्त्रको अन्धाधुन्ध राजनीतिक यात्रा कतै नेपाली समाजका लागि भयानक षड्यन्त्र त बन्ने होइन ?

    आगामी चुनावमा हामीले कस्ता प्रतिनिधि चुन्ने हो, अहिलेको समयले सिकाएको पाठबाटै निर्णय गर्न सकिएन भने हामी कहिल्यै नउठ्ने गरी फेरि चुक्नेछौं।

    प्रतिक्रिया दिनुहोस